गैरकानुनी रुपमा नुवाकोट ल्याइएको एक सय बोरा मल बरामद

त्रिशूली (नुवाकोट), २१ जेठ : भारतबाट गैरकानुनी रुपमा नुवाकोट ल्याइएको एक सय बोरा रासायनिक मल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार दुईवटा गाडीमा ल्याइएको रासायनिक मल अस्थायी प्रहरी पोष्ट कोल्पुटारको टोलीले बरामद गरेको हो । मलसहित मल बोकेको दुईवटा गाडी र सो कार्यमा संलग्न व्यक्तिलाई कारबाहीका लागी नुवाकोट प्रहरीले राजस्व अनुसन्धान विभागलाई बुझाएको छ ।

नुवाकोट प्रहरीले यही जेठ ३ गते पनि भारतबाट गैरकानुनी रुपमा नुवाकोट ल्याएको २० बोरा रासायनिक मल बरामद गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?