कैलालीमा दलहनबाली उत्पादनमा वृद्धि

गोदावरी (कैलाली), २८ जेठ : कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली उत्पादनमा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा आठ हजार सात सय ७० मेट्रिकटन दलहनबाली उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले यस वर्ष नौ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार पाँच सय २० मेट्रिकटन उत्पादन भएको बताउनुभयो ।

गत वर्षको तुलनामा यस वर्ष एक हजार सात सय २१ मेट्रिकटन बढी दलहबाली उत्पादन भएको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको भन्दा यस वर्ष १६ हेक्टर बढी क्षेत्रफलमा दलहन खेती गरिएको हो । जिल्लामा यस वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ र मसुरो (घुसुवा बाली) पाँच हजार ६० गरी कूल नौ हजार एक सय ७२ हेक्टर क्षेत्रफलमा मसुरो खेती गरिएको जनाइएको छ । गत वर्ष नौ हजार एक सय ६२ हेक्टरमा मसुरो खेती गरिएको थियो ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार कैलालीमा यस वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ हेक्टरमा पाँच हजार एक सय ४० मेट्रिकटन, मसुरो (घुसुवा बाली) पाँच हजार ६० हेक्टर क्षेत्रफलमा तीन हजार एक सय ८८ मेट्रिकटन गरी कूल आठ हजार तीन सय २६ मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ हेक्टरमा तीन हजार आठ सय ८० मेट्रिकटन, मसुरो (घुसुवा बाली) पाँच हजार ५० हेक्टर क्षेत्रफलमा दुई हजार आठ सय ७८ मेट्रिकटन गरी छ हजार सात सय ५८ मेट्रिकटन उत्पादन भएको थियो ।

यस वर्ष बोडी ९२, चना एक सय ३२ र केराउ दुई सय १६ गरी चार सय ४० हेक्टरमा दुई हजार दुई सय २७ मेट्रिकटन दलहन उत्पादन भएकोे छ । गत वर्षको भन्दा यस वर्ष दलहन बालीका लागि आवश्यक पर्ने हावापानीको अनुकूल समय रहेकाले उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?