रुपामा‘मौरी घार समृद्धिको आधार’कार्यक्रम

कास्की, १० असार : कास्की जिल्लाको रुपा गाँउपालिकाले ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा दिएको छ । ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष लालसुब्बा गुरुङले बताउनुभयो ।

‘एक घर एक मौरी घार’ कार्यक्रमका लागि रु ५२ लाख विनियोजन गरिएको छ । रुपा गाउँपालिकाले चालु आर्थिक वर्षदेखि एक घर एक घार कार्यक्रम सञ्चालन गरिरहेको छ । किसानलाई न्यूनतम मूल्यमा घार वितरण गरी रुपाका सबै घरलाई एक घर एक घार अभियानमा जोडेर आगामी वर्षमा कम्तीमा २५ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मह उत्पादन वृद्धि गरी रुपालाई मौरी पालनको हब बनाउने र यहाँ उत्पादित महलाई ब्रान्डिङ गरी बजारीकरणको उचित व्यवस्थापन गर्नेछौँ ।” बजेट कार्यक्रममा कटहर खेतीलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउन कार्यक्रम सञ्चालन गर्ने, किसानको खेतीको सुरक्षाका लागि बाँदर नियन्त्रणको उपाय खोजी गर्ने, युवालाई उद्यमी बनाई स्वरोजगार बनाउनेलगायतका रहेका छन् ।

यसैबीच रुपाले आगामी आव २०८१÷०८२ का लागि रु ४६ करोड ७६ लाख ८२ हजारको बजेट कार्यक्रम ल्याएको छ । गाउँपालिका उपाध्यक्ष गुरुङले आइतबार १५ औँ गाउँ सभामा आवको बजेट कार्यक्रम प्रस्तुत गर्नुभयो । गाउँपालिकाले कृषि, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

गाउँपालिकाले ल्याएको बजेटमा चालुतर्फ रु ३१ करोड ९४ लाख ५७ हजार र पुँजीगततर्फ रु १४ करोड ८२ लाख २५ हजार विनियोजन गरिएको छ । बजेटमा ‘मौरी घार समृद्धिको आधार’का रुपमा लिँदै मह उत्पादनलाई प्राथमिकतामा राखिएको छ । ‘किसानको हातः गाउँपालिकाको साथ’ भन्ने नाराका साथ एक घर एक मौरी घार कार्यक्रमलाई निरन्तरता दिइएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रु एक करोड बजेट छुट्टाइएको छ । रुपाकोट अस्पताल भवन निर्माणका लागि रु ५० लाख, गाउँपालिकाको वडा नं १ र २ को मुख्य सडक शिवचण्डी मोटरबाटो स्तरोन्नतिका लागि रु दुई करोड ९० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले आवका लागि आर्थिक विकासतर्फ रु तीन करोड ८९ लाख ६२ हजार, सामाजिक विकासतर्फ रु २३ करोड ३० लाख, पूर्वाधार विकासतर्फ रु १० करोड ५० लाख, कृषि तथा पशु सेवाका लागि रु दुई दुई करोड ३२ लाख ६२ हजार विनियोजन भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?