भेडाबाख्रापालनमा कमीआएसँगै राडीपाखी बुन्ने चलन हराउन थाल्यो

मान्म (कालीकोट), १२ असार : कालीकोटमा भेडाबाख्राको ऊनबाट राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । भेडाबाख्रापालनमा कमीआएसँगै राडीपाखी बुन्ने चलन पनि यहाँका बासिन्दाले बिस्तारै छाड्दै गएका हुन् ।

तिलागुफा नगरपालिका–५ फोइमहादेवका राजु कार्कीले समय बढी लाग्ने तर आम्दानी कम हुने भएपछि राडीपाखी बुन्ने चलन हराउन थालेको बताउनुभयो । “ भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउन थालेको हो । भेडाबाख्राको ऊन उत्पादनमा धेरै समय लाग्छ । आम्दानी कम हुँदा राडीपाखी बुन्न चलन हराउन थालेको हो ।”

एउटा राडीपाखी बुन्न दुई सातासम्म समय लाग्ने गरेको समय खर्चका हिसाबले खर्चिलो भएका कारणले राडीपाखी बुन्ने चलन हराउन थालेको नरहरिनाथ गाउँपालिका–५ रुप्साका दयाराम सहकारीले बताउनुभयो । “राडीपाखी, लिउ वा फेरुवा जे बेचे पनि एउटा बेचेवापत झण्डै रु एक हजारभन्दा बढी फाइदा हुँदैन”, उहाँले भन्नुभयो, “एउटा राडीपाखी, लिउ फेरुवा रु तीन हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म बिक्री हुन्छ ।”

अहिलेको रङ्गीन गलैँचा रु एक हजार पाँच सयमा बजार पाउने गरेको र गाउँमा बनेका राडीपाखीको रु चार हजार पाँच सयमा राडीपाखी बिक्री नहुँदा अहिले बजारको समस्या भएको पचालझरना गाउँपालिका–७ नानीकोटका रामबहादुर शाहीले बताउनुभयो । “पहिलापहिला धेरै भेडाबाख्रापालन गरेर त्यसैबाट राम्रो आम्दानी लिने चलन थियो”, उहाँले भन्नुभयो, “अहिले विगतका जस्तो भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउँदै गयो ।”

भेडाबाख्रापालन व्यवसायमा कमी आएको पचालझरना गाउँपालिकाले अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिनुभयो । “भेडाबाख्रा बहुउपयोगी पशुपालन हो । यसबाट कपडा र मासु पाइन्छ”, उहाँले भन्नुभयो, “भेडाबाख्रापालन व्यवसाय गर्ने किसानलाई प्राहोत्सनका लागि भत्ता व्यवस्था नगर्दा कमी आएको छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?