आमा-बच्चाको पोषणका लागि कुखुराको चल्ला

बनियानी (झापा),२०असार :

आमा र बच्चा दुवैको पोषणमा सहयोग पु-याउने उद्देश्यले झापाको गौरीगञ्ज गाउँपालिकाले सुत्केरी महिलालाई कुखुराको चल्ला वितरण गरेको छ ।

गाउँपालिकाले यहाँका ४४ जना सुत्केरीलाई जनही १०/१० वटाका दरले कुखुराको चल्ला वितरण गरेको हो । आज एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले उनीहरुलाई कुखुराको चल्ला हस्तान्तरण गर्नुभयो ।

आजै गौरीगञ्ज गाउँपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । ‘अवरोध घटाऔँ र शिशुलाई स्तनपानबाट वञ्चित नगरौँ’ भन्ने नारालाई मूर्तरुप दिन गाउँपालिकाले स्तनपान कक्ष स्थापना गरेको हो ।

गाउँपालिकामा पालिकास्तरीय किशोरी सूचना केन्द्रसमेत् स्थापना गरिएको छ । किशोर–किशोरीमा सेवाको पहुँच वृद्धि गर्दै उनीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अवस्थाबारे जानकारी लिनेदिने उद्देश्यले किशोरी सूचना केन्द्र स्थापना गरिएको गाउँपालिकाकाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?