ह्वात्तै बढ्यो बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । हिजो न्यूनतम मूल्य ३५ रुपैयाँमा कारोबार भएको लोकल बन्दा आज १० रुपैयाँ बढेर ५५ कायम भएको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,लोकल गोलभेडा सानो २०, टनेल गोलभेडा सानो २८ ,घिउ सिमी लोकल ६०, टाटे सिमी १००,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ,आलु रातो ६५ रुपैयाँ, मुडे आलु रातो ५०,भारतीय आलु रातो ५४,लौका ३०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,सिताके च्याउ १०००,राजा च्याउ २८०, कन्य च्याउ १५० रुपैयाँ, मकै बोडी ११०,बन्दा लोकल ५५ रुपैयाँ,लोकल गाजर ९० रुपैयाँ, लोकल मूला सेतो १५ रुपैयाँ, गान्टे मूला ८०,भन्टा लाम्चो ४० रुपैयाँ,तितो करेला ५० रुपैयाँ,ब्रोकाउली १३०,कागती २२० रुपैयाँ, भिण्डी ३० रुपैयाँ,रातो बन्दा ७० रुपैयाँ,लोकल काक्रो ७० रुपैयाँ,अदुवा प्रतिकेजी २२० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार,केरा दर्जन १३० रुपैयाँ,अनार २८० रुपैयाँ, आँप(मालदह) १३०,आँप(दसहरी) १३० रुपैयाँ,कालो अंगुर ४५०,रुख कटहर ४० ,लोकल नासपाती ९०,किवि ५५० रुपैयाँ,आभोकाडो ५५०,तरबुजा ६५,भारतीय मेवा ९० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,मौसम १३० रुपैयाँ,जुनार २८० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै अकबरे खुर्सानी हरियो प्रतिकेजी ३०० रुपैयाँ, खु्र्सानी सुकेको ४०० रुपैयाँ, हरियो खुर्सानी माछे ६० रुपैयाँ ,भेडे खु्र्सानी १०० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,लसुन सुकेको नेपाली २२०,चाइनिज लसुन सुकेको २४०,लोकल परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ८०,भटमासकोशा १६०,इमली १५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ३०० रुपैयाँ, पिंडालू ८०,तोफु १३०,चुकुन्दर ६०,तामा १००,स्कूस ६०, सेलरी २५०, पार्सले ६००,जिरीको साग प्रतिकेजी ३००,रायो साग ७०,तोरीको साग ५०,प्याज हरियो १३०,लसुन हरियो १३०, छ्यापी हरियो १३०,हरियो धनिया २०० रुपैयाँ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,रहु माछा ३५०,छडी माछा २३०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?