आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,लोकल गोलभेडा सानो १५,टनेल गोलभेडा सानो २२ ,घिउ सिमी लोकल ५०,टाटे सिमी १००,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ,आलु रातो ६८ रुपैयाँ, मुडे आलु रातो ५२,भारतीय आलु रातो ५५,लौका ३०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १७० रुपैयाँ,मकै बोडी ११०,बन्दा लोकल ७० रुपैयाँ,लोकल गाजर ११० रुपैयाँ, लोकल मूला सेतो १५ रुपैयाँ,गान्टे मूला ७०,भन्टा लाम्चो ४० रुपैयाँ,तितो करेला ४० रुपैयाँ,ब्रोकाउली १८०,कागती २०० रुपैयाँ,भिण्डी ३० रुपैयाँ,रातो बन्दा ८० रुपैयाँ,लोकल काक्रो ७० रुपैयाँ,अदुवा प्रतिकेजी १९० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार,केरा दर्जन १४० रुपैयाँ,अनार ३५० रुपैयाँ, आँप(मालदह) १६०,चोसा आँप १६० रुपैयाँ,कालो अंगुर ४५०,रुख कटहर ४० ,लोकल नासपाती ९०,किवि ५०० रुपैयाँ,आभोकाडो ५५०,तरबुजा ५०,भारतीय मेवा ९० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,मौसम १४० रुपैयाँ,जुनार २२० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै अकबरे खुर्सानी हरियो प्रतिकेजी ३०० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी माछे ९० रुपैयाँ ,भेडे खु्र्सानी ११० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,लसुन सुकेको नेपाली २३०,चाइनिज लसुन सुकेको २४०,लोकल परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ८०,भटमासकोशा १६०,इमली १४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ३५० रुपैयाँ,पिंडालू ८०,तोफु १५०,चुकुन्दर ६०,तामा १००,स्कूस ५०,सेलरी २५०, पार्सले ६००,जिरीको साग प्रतिकेजी ३००,रायो साग १००,तोरीको साग ६०,प्याज हरियो १५०,लसुन हरियो १५०, छ्यापी हरियो १८०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २३०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?