ह्वात्तै घट्यो लोकल काक्रोको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । हिजो प्रतिकेजी न्यूनतम मूल्य ७० मा कारोबार भएको लोकल काक्रोको मुल्य आज घटेर ५० कायम भएको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६० रुपैयाँ,लोकल गोलभेडा सानो १२,टनेल गोलभेडा सानो १८ ,घिउ सिमी लोकल ५०,टाटे सिमी १००,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ,आलु रातो ६५ रुपैयाँ, मुडे आलु रातो ५२,भारतीय आलु रातो ५६,लौका ३०,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ३० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १७० रुपैयाँ,मकै बोडी ८०,बन्दा लोकल ६० रुपैयाँ,लोकल गाजर ११० रुपैयाँ, लोकल मूला सेतो १५ रुपैयाँ,गान्टे मूला ८०,भन्टा लाम्चो ४० रुपैयाँ,तितो करेला ३० रुपैयाँ,ब्रोकाउली १८०,कागती २०० रुपैयाँ,भिण्डी ५० रुपैयाँ,रातो बन्दा ८० रुपैयाँ,लोकल काक्रो ५० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार,केरा दर्जन १४० रुपैयाँ,अनार ३५० रुपैयाँ, आँप(मालदह) १७०,चोसा आँप १७० रुपैयाँ,कालो अंगुर ४००,रुख कटहर ४० ,लोकल नासपाती ९०,किवि ५५० रुपैयाँ,आभोकाडो ५५०,तरबुजा ५०,भारतीय मेवा ९० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,मौसम १४० रुपैयाँ,जुनार २२० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै अकबरे खुर्सानी हरियो प्रतिकेजी ३५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी माछे ८० रुपैयाँ ,भेडे खु्र्सानी ८० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,लसुन सुकेको नेपाली २२०,चाइनिज लसुन सुकेको २४०,लोकल परवर ५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९५,भटमासकोशा १५०,इमली १५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४०० रुपैयाँ,पिंडालू ९०,तोफु १५०,चुकुन्दर ७०,तामा १००,स्कूस ५०,सेलरी ३००, पार्सले ७००,जिरीको साग प्रतिकेजी २००,रायो साग ८०,तोरीको साग ६०,प्याज हरियो २००,लसुन हरियो १५०, छ्यापी हरियो २५०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २३०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।