ह्वात्तै बढ्यो ब्रोकाउलीको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ,लोकल गोलभेडा सानो २५,टनेल गोलभेडा सानो ३७,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ,आलु रातो ६५ रुपैयाँ, मुडे आलु रातो ५५,भारतीय आलु रातो ५५,लौका ५०,हरियो फर्सी ९० रुपैयाँ,घिरौला प्रतिकेजी ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १६० रुपैयाँ,तने बोडी ९०,मकै बोडी ७०,बन्दा लोकल ६० रुपैयाँ,लोकल गाजर १०० रुपैयाँ, मूला रातो ४०,लोकल मूला सेतो २५ रुपैयाँ,भन्टा लाम्चो ३५ रुपैयाँ, भन्टा डल्लो ५०,तितो करेला ३० रुपैयाँ,ब्रोकाउली २००,कागती २४० रुपैयाँ,भिण्डी ३० रुपैयाँ,रातो बन्दा ९० रुपैयाँ,लोकल काक्रो ७० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार,केरा दर्जन १४० रुपैयाँ,अनार ३५० रुपैयाँ, आँप(मालदह) १८०,चोसा आँप १८० रुपैयाँ,कालो अंगुर ४००,रुख कटहर ४० ,लोकल नासपाती ९०,चाइनिज नासपाती २८०,किवि ५०० रुपैयाँ,आभोकाडो ५५०,तरबुजा ५०,भारतीय मेवा ९० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,अम्बा ३०० रुपैयाँ,जुनार २०० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ३०० रुपैयाँ,पिंडालू ८०,चुकुन्दर ७०,तामा १००,स्कूस ४०,जिरीको साग प्रतिकेजी १००,रायो साग १००,तोरीको साग ६०,पालूगो साग १३०,प्याज हरियो २००,लसुन हरियो १६०,हरियो धनिया १५० रुपैयाँ,पुदीना प्रतिकेजी ५५० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २४०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी ३५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी माछे ७० रुपैयाँ ,भेडे खु्र्सानी ७० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ, टाटे सिमी ९०,लसुन सुकेको नेपाली २२०,चाइनिज लसुन सुकेको २४०,लोकल परवर ७०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९५,भटमासकोशा १४० रुपैयाँ रहेको समितिले जनाएको छ ।
