ह्वात्तै बढ्यो ब्रोकाउलीको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ,लोकल गोलभेडा सानो ६२,टनेल गोलभेडा सानो ६०, भारतीय गोलभेडा ठूलो ८०,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ,आलु रातो ६६ रुपैयाँ, मुडे आलु रातो ६०,भारतीय आलु रातो ५५,लौका ४०,हरियो फर्सी डल्लो ८० रुपैयाँ,घिरौला प्रतिकेजी ३० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३८० रुपैयाँ ,सिताके च्याउ ९५०,राजा च्याउ २८०,कन्य च्याउ १५० रुपैयाँ, तने बोडी ८०,मकै बोडी ७०,बन्दा लोकल ६० रुपैयाँ,लोकल गाजर १०० रुपैयाँ, मूला रातो ३०,लोकल मूला सेतो १५ रुपैयाँ,भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०,तितो करेला ३० रुपैयाँ,ब्रोकाउली १८०,कागती २५० रुपैयाँ,भिण्डी ४० रुपैयाँ,रातो बन्दा १०० रुपैयाँ,लोकल काक्रो ५० रुपैयाँ,अदुवा प्रतिकेजी २२० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार,केरा दर्जन १४० रुपैयाँ,अनार ३८० रुपैयाँ,कालो अंगुर ४००,रुख कटहर ४० ,लोकल नासपाती ९०,चाइनिज नासपाती २८०,किवि ४५० रुपैयाँ,आभोकाडो ३५०,तरबुजा ५०,भारतीय मेवा ८० रुपैयाँ,फूजी स्याउ ३०० रुपैयाँ,अम्बा ३०० रुपैयाँ,जुनार २२० कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै कुरीलो प्रतिकेजी ४०० रुपैयाँ,पिंडालू ८०,चुकुन्दर ७०,तामा १००,स्कूस ३०,जिरीको साग प्रतिकेजी ९०,रायो साग ९०,तोरीको साग ६०,प्याज हरियो २००,लसुन हरियो १४०,हरियो धनिया ३०० रुपैयाँ,पुदीना प्रतिकेजी ५०० रुपैयाँ ,रहु माछा ३४०,छडी माछा २३०,बचुवा माछा २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
समितिका अनुसार अकबरे खुर्सानी हरियो प्रतिकेजी २५० रुपैयाँ,खु्र्सानी सुकेको ४०० रुपैयाँ,हरियो खुर्सानी माछे ६० रुपैयाँ ,भेडे खु्र्सानी ५० रुपैयाँ,न्यूरो प्रतिकेजी ८० रुपैयाँ,टाटे सिमी ८०,लसुन सुकेको नेपाली २१०,चाइनिज लसुन सुकेको २४०,लोकल परवर ९०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ९०,भटमासकोशा १०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
