यस वर्ष धान रोपाइँ सुस्त, उत्पादन घट्ने चिन्ता

काठमाडौँ, साउन ५ :

यस वर्ष मनसुन सक्रिय नहुँदा साउनको पहिलो साता बितिसक्दा पनि धान रोपाइँले गति लिन सकेको छैन । कृषि मन्त्रालयका अनुसार, हालसम्म देशभर करिब ७२ प्रतिशत मात्र रोपाइँ भएको छ, जुन गत वर्षको यही अवधिको तुलनामा १२ प्रतिशतले कम हो ।

विशेषगरी, अन्नको भण्डार मानिने मधेश प्रदेशमा वर्षाको कमीले ४७ प्रतिशत मात्र रोपाइँ भएको छ, जुन सबैभन्दा न्यून हो । यसको ठीक विपरीत, सुदूरपश्चिम प्रदेशमा भने लगभग ९७ प्रतिशत रोपाइँ सकिएको छ ।

तराई क्षेत्रमा रोपाइँमा भएको ढिलाइले यस वर्ष धानको उत्पादन घट्ने अनुमान गरिएको छ । कृषि विज्ञहरूले ढिलाइको असर कम गर्न किसानहरूलाई छिटो पाक्ने हर्दिनाथ-१ र हर्दिनाथ-३ जस्ता धानका जात लगाउन सुझाव दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?