आजको मौसम: बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्न सक्ने

काठमाडौं, श्रावण ०९ गते (शुक्रबार) :

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव कमजोर रहे पनि केही प्रदेशमा भने हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानको आसपासमा रहेकाले मौसममा बदली देखिएको हो।

आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका पहाडी भू-भागका केही र बाँकी तराईका थोरै स्थानमा पनि वर्षाको पूर्वानुमान गरिएको छ।

विशेष सावधानी: बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले उक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

आज राती कोशी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली हुनेछ। राती कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सावधानी: कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

आजको मौसम बदलीपूर्ण रहनेछ र केही क्षेत्रमा भारी वर्षा तथा हावाहुरीको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ। यात्रा गर्दा र खोलानालाको छेउछाउमा जाँदा विशेष ध्यान दिनुहोला।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?