देशभर बदली, कोशी–गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

भदौ ११ गते, बुधवार। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशभर बदली र वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

मौसमविद्हरूका अनुसार वर्षासँगै केही स्थानमा पहिरो, बाढी र अवरोधको जोखिम समेत बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?