केही स्थानमा मध्यम वर्षाको सम्भावना; पहाडी भू-भागमा भारी वर्षाको चेतावनी

काठमाडौँ, भाद्र २० गते (शुक्रबार): जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। यसको प्रभावले देशभर बदली र वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद्हरूले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments