मनसुन बहिर्गमनसँगै किसानहरुमा खुसी, अब ढुक्कले बाली भित्राउन सकिने अवस्था

काठमाडौँ, आश्विन २५ गते, शनिबार।

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो, मिति २०८२ असोज २४ गते (अक्टोबर १०, २०२५), मनसुन बहिर्गमन भएको औपचारिक घोषणा गरेको हो।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ, जसले गर्दा किसानहरूलाई धान बाली भित्राउन सहज हुने भएको छ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ।

आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

मनसुनको बहिर्गमनसँगै वर्षाको जोखिम कम भएकाले किसानहरूलाई ठूलो राहत मिलेको छ। अब उनीहरूले ढुक्क भएर पाकेको धान बाली भित्राउन सक्नेछन्।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments