कुरिलोको मूल्य ह्वात्तै बढ्यो, प्रतिकेजी १२०० पुग्दा मूला भने जम्मा १५ रुपैयाँमा: हेर्नुहोस् कुन तरकारी सस्तो, कुन महँगो?

काठमाडौं, मंसिर २४ गते। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि कृषि उपजको नयाँ थोक बजार मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार आज बजारमा तरकारी, फलफूल, मसला तथा माछाको मूल्यमा विविधता देखिएको छ।

समितिका अनुसार, आज ठूलो नेपाली गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, अधिकतम ८० रुपैयाँ र औसत ७५ रुपैयाँ कायम भएको छ। भारतीय ठूलो गोलभेडा प्रतिकेजी ९० देखि १०० रुपैयाँ (औसत ९५), सानो लोकल गोलभेडा ३८ देखि ५० रुपैयाँ (औसत ४२.६७), सानो टनेल गोलभेडा ७८ देखि ९० रुपैयाँ (औसत ८४), सानो भारतीय गोलभेडा ५० देखि ६० रुपैयाँ (औसत ५५) र सानो तराई गोलभेडा ७० देखि ७५ रुपैयाँ (औसत ७३.३३) तोकिएको छ।

यस्तै, रातो आलु प्रतिकेजी ३० देखि ५० रुपैयाँ (औसत ३७.९०), भारतीय रातो आलु ३५ देखि ३८ रुपैयाँ (औसत ३६.५०) र सेतो आलु ३० देखि ३५ रुपैयाँ (औसत ३२.५०) रहेको छ। सुकेको भारतीय प्याज प्रतिकेजी ३३ देखि ३६ रुपैयाँ (औसत ३४.५०) र हरियो प्याज ४० देखि ५० रुपैयाँ (औसत ४५) मा कारोबार भइरहेको छ।

यसैगरी, लोकल गाजर १०० देखि १२० रुपैयाँ (औसत १०७.५०) र तराईको गाजर ८० देखि १०० रुपैयाँ (औसत ९०) रहेको छ। लोकल बन्दा ४५ देखि ५५ रुपैयाँ, तराईको बन्दा ४० देखि ५० रुपैयाँ र नरिवल बन्दा ४५ देखि ५५ रुपैयाँ (औसत ५०) कायम भएको छ। काउलीतर्फ स्थानीय काउली ४० देखि ५० रुपैयाँ, स्थानीय ज्यापु काउली ६० देखि ७० रुपैयाँ (औसत ६५) र तराईको काउली ३५ देखि ४० रुपैयाँ रहेको छ। ब्रोकाउलीको मूल्य ८० देखि १२० रुपैयाँ (औसत १०२.५०) र रातो बन्दा १५० देखि १८० रुपैयाँ (औसत १६५) तोकिएको छ।

त्यसैगरी, रातो मूला ४५ देखि ५० रुपैयाँ, सेतो लोकल मूला १५ देखि २५ रुपैयाँ र हाइब्रिड सेतो मूला २८ देखि ४० रुपैयाँ रहेको छ। लाम्चो भन्टा ७० देखि ८० रुपैयाँ र डल्लो भन्टा ८० देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ। मकै बोडी ६५ देखि ७५ रुपैयाँ, मटरकोशा १२० देखि १३० रुपैयाँ, लोकल घिउ सिमी १४० देखि १५० रुपैयाँ, हाइब्रिड घिउ सिमी ११० देखि १२० रुपैयाँ, राजमा घिउ सिमी ९० देखि १०० रुपैयाँ, टाटे सिमी ११० देखि १२५ रुपैयाँ र बकूला १४० देखि १५० रुपैयाँ (औसत १४५) कायम भएको छ।

समितिको मूल्य सूची अनुसार, तितो करेला १२० देखि १४० रुपैयाँ (औसत १२७.५०), लौका ८० देखि ९० रुपैयाँ, लोकल परवर ९० देखि १०० रुपैयाँ, तराई परवर १०० देखि ११० रुपैयाँ, घिरौला १०० देखि १२० रुपैयाँ, पाकेको फर्सी ३० देखि ४० रुपैयाँ, हरियो लाम्चो फर्सी ५० देखि ६० रुपैयाँ, डल्लो हरियो फर्सी ४० देखि ५५ रुपैयाँ, सलगम ९० देखि १०० रुपैयाँ, भिण्डी १०० देखि १२० रुपैयाँ र स्कूस २५ देखि ३० रुपैयाँ रहेको छ। सखरखण्ड ६५ देखि ७५ रुपैयाँ, पिंडालू ७० देखि ९० रुपैयाँ, रुख टमाटर १३० देखि १६० रुपैयाँ र तरुल ७० देखि ८० रुपैयाँ तोकिएको छ। काक्रोतर्फ लोकल ५० देखि ७०, हाइब्रिड ३० देखि ४० र लोकल क्रस ४० देखि ५० रुपैयाँ रहेको छ।

यस्तै, रायो साग ४० देखि ५० रुपैयाँ, पालुगो र चमसूरको साग १०० देखि १२० रुपैयाँ, तोरीको साग ४० देखि ६० रुपैयाँ, मेथीको साग १४० देखि १६० रुपैयाँ, जिरीको साग २५० देखि ३०० रुपैयाँ, सेलरी ४५० देखि ५५० रुपैयाँ, पार्सले ५०० देखि ६०० रुपैयाँ, सौफको साग १३० देखि १५० रुपैयाँ र पुदीना ३५० देखि ४०० रुपैयाँ कायम छ।

यसैगरी, राजा च्याउ २८० देखि ३०० रुपैयाँ, सिताके च्याउ ८०० देखि १००० रुपैयाँ, कन्य च्याउ १५० देखि १८० रुपैयाँ र डल्ले च्याउ ३०० देखि ३५० रुपैयाँ रहेको छ। कुरीलोको मूल्य उच्च रहँदै प्रतिकेजी १००० देखि १२०० रुपैयाँ (औसत ११००) पुगेको छ। चुकुन्दर ८० देखि ९० रुपैयाँ, गान्टे मूला ७० देखि ८० रुपैयाँ, इमली १७० देखि १८० रुपैयाँ, तामा १२० देखि १३० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक ३५० देखि ४०० रुपैयाँमा कारोबार हुनेछ।

त्यसैगरी, फलफूलको थोक मूल्य हेर्दा झोले स्याउ २०० देखि २५० रुपैयाँ, फूजी स्याउ २७० देखि ३०० रुपैयाँ, केरा (दर्जन) १८० देखि २०० रुपैयाँ, कागती ९० देखि ११० रुपैयाँ, अनार ३५० देखि ४०० रुपैयाँ, नेपाली सुन्तला ९० देखि १२० रुपैयाँ, हरियो तरबुजा ९० देखि १०० रुपैयाँ, मौसम ८० देखि १०० रुपैयाँ, जुनार १०० देखि १२० रुपैयाँ, भुई कटहर (प्रति गोटा) १४५ देखि १५५ रुपैयाँ र निबुवा ६० देखि ७० रुपैयाँ रहेको छ। यस्तै चाइनिज नासपाती २०० देखि २३० रुपैयाँ, नेपाली मेवा ५० देखि ७० रुपैयाँ, भारतीय मेवा ९० देखि ११० रुपैयाँ, अम्बा १०० देखि १२० रुपैयाँ, लप्सी ५० देखि ६५ रुपैयाँ, स्ट्रबेरी भुईऐसेलु ४५० देखि ५०० रुपैयाँ, किवि २५० देखि ३०० रुपैयाँ, शरीफा २०० देखि २५० रुपैयाँ, आभोकाडो २०० देखि ३०० रुपैयाँ र अमला ७० देखि ८० रुपैयाँ तोकिएको छ।

अदुवा ७० देखि ९० रुपैयाँ, सुकेको खुर्सानी ३५० देखि ४०० रुपैयाँ, हरियो खुर्सानी ६० देखि ८० रुपैयाँ, बुलेट खुर्सानी ८० देखि १०० रुपैयाँ, माछे खुर्सानी १०० देखि १२० रुपैयाँ, अकबरे खुर्सानी १८० देखि २०० रुपैयाँ र भेडे खुर्सानी ११० देखि १३० रुपैयाँ रहेको छ। हरियो लसुन ७० देखि ९० रुपैयाँ, हरियो धनिया ५० देखि ८० रुपैयाँ, चाइनिज सुकेको लसुन १९० देखि २०० रुपैयाँ र नेपाली सुकेको लसुन १७० देखि २०० रुपैयाँ रहेको छ। सुकेको छ्यापी १५० देखि १८० रुपैयाँ र हरियो छ्यापी २०० देखि २२० रुपैयाँ छ।

माछाको हकमा सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २६० देखि २८० रुपैयाँ र छडी माछा २३० देखि २५० रुपैयाँ कायम भएको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments