हेर्नुहोस आज कुन फलफूल र तरकारीको भाउ कति ?

काठमाडौँ, १९ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मङ्गलबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज बजारमा तरकारी, फलफूल, मसला र माछाको न्यूनतम र अधिकतम मूल्य निर्धारण गरिएको छ।

समितिका अनुसार, आज गोलभेडा ठूलो (भारतीय) को न्यूनतम मूल्य रू ६० र अधिकतम मूल्य रू ७० तोकिएको छ। त्यसैगरी, गोलभेडा सानो (लोकल) को रू २० देखि ३०, टनेलको गोलभेडा सानो रू ४० देखि ५०, भारतीय सानो गोलभेडा रू २८ देखि ३५ र तराईको सानो गोलभेडा रू २५ देखि ३५ कायम भएको छ।

यस्तै, रातो आलुको मूल्य रू २२ देखि २५, भारतीय रातो आलु रू २३ देखि २६ र सुकेको भारतीय प्याजको मूल्य रू ३५ देखि ३८ रहेको छ। गाजर (तराई) को मूल्य रू २५ देखि ४०, रातो मूला रू ३० देखि ४०, लोकल सेतो मूला रू १० देखि १५, हाइब्रीड सेतो मूला रू १५ देखि २०, गान्टे मूला रू ५० देखि ६०, सखरखण्ड रू ६० देखि ७० र तरुलको मूल्य रू ६० देखि ८० कायम भएको छ।

यसैगरी, बन्दा (लोकल) को न्यूनतम रू ३० र अधिकतम रू ४५, तराईको बन्दा रू २० देखि ३० र नरिवल बन्दा रू २५ देखि ३५ तोकिएको छ। स्थानीय काउली रू २५ देखि ४०, ज्यापु काउली रू ३५ देखि ४५, र तराईको काउली रू २५ देखि ३५ रहेको छ। त्यसैगरी, लाम्चो भन्टा रू ७० देखि ८०, डल्लो भन्टा रू ७५ देखि ८५, मटरकोशा रू ३० देखि ४०, लोकल घिउ सिमी रू ३५ देखि ५०, हाइब्रीड घिउ सिमी रू ३५ देखि ५०, राजमा घिउ सिमी रू ७० देखि ९० र टाटे सिमी रू ७० देखि ९० रहेको छ।

समितिका अनुसार, तितो करेलाको मूल्य रू १६० देखि १८०, लोकल काँक्रो रू ९० देखि १००, हाइब्रीड काँक्रो रू ५० देखि ६०, लोकल क्रस काँक्रो रू ८० देखि ९५, लौका रू ६० देखि ७०, घिरौला रू ९० देखि ११०, बरेला रू ३५ देखि ४०, र स्कूस रू ४० देखि ६० तोकिएको छ। पाकेको फर्सी रू ५५ देखि ६५, हरियो लाम्चो फर्सी रू १० देखि १५ र हरियो डल्लो फर्सी रू १० देखि १५ कायम भएको छ।

यस्तै, आज रायोको सागको मूल्य रू १५ देखि २५, पालूगो साग रू ३० देखि ४०, चमसूरको साग रू ४० देखि ५०, तोरीको साग रू १५ देखि २५, मेथीको साग रू ४० देखि ५०, हरियो प्याज रू ४० देखि ५०, जिरीको साग रू ४० देखि ६० र सौफको साग रू ४० देखि ६० कायम भएको छ।

त्यसैगरी,कन्य च्याउको न्यूनतम मूल्य रू ८० र अधिकतम रू १२०, डल्ले च्याउ रू ३५० देखि ४००, राजा च्याउ रू २८० देखि ३०० र सिताके च्याउको मूल्य रू ८०० देखि १००० सम्म तोकिएको छ।

ब्रोकाउली रू २० देखि ४०, चुकुन्दर रू ७० देखि ८०, सजिवन रू २५० देखि ३००, रातो बन्दा रू ६० देखि ७०, ग्याठ कोबी रू ६० देखि ७०, सेलरी रू १५० देखि १७०, पार्सले रू ३५० देखि ४००, पुदीना रू ३०० देखि ३५०, सलगम रू ४५ देखि ६०, भिण्डी रू १२० देखि १५०, पिंडालू रू ४५ देखि ७०, र बकूला रू ३५ देखि ४५ तोकिएको छ।

इमली रू १७० देखि १८०, तामा रू ११० देखि १३०, तोफु रू १३० देखि १५०, गुन्दुक रू २८० देखि ३०० र रुख टमाटर रू २५० देखि २८० रहेको छ।

यसैगरी, फलफूलतर्फ झोले स्याउको मूल्य रू २०० देखि २५०, फूजी स्याउ रू २५० देखि ३००, केरा (प्रति दर्जन) रू १७० देखि १९०, कागती रू २२० देखि २५० र अनार रू २८० देखि ३२० कायम भएको छ। हरियो अंगुर रू १८० देखि २१०, कालो अंगुर रू २८० देखि ३२०, भारतीय सुन्तला रू १२० देखि १६०, हरियो तरबुजा रू ६० देखि ७०, मौसम रू १२० देखि १५० र जुनार रू १०० देखि १२० तोकिएको छ।

यस्तै, भुई कटहर (प्रति गोटा) रू १४० देखि १५०, रुख कटहर रू १०० देखि १२०, चाइनिज नासपाती रू २३० देखि २५०, नेपाली मेवा रू ५० देखि ७०, भारतीय मेवा रू १०० देखि १२०, लप्सी रू १९० देखि २२०, किनु रू ११० देखि १३०, स्ट्रबेरी (भुईऐसेलु) रू ३५० देखि ५००, किवि रू ३०० देखि ३५०, आभोकाडो रू ३०० देखि ४०० र अमला रू १०० देखि १२० कायम भएको छ।

समितिका अनुसार, अदुवाको मूल्य रू १०० देखि १२०, सुकेको खुर्सानी रू ३८० देखि ४३०, हरियो खुर्सानी रू १८० देखि २००, बुलेट हरियो खुर्सानी रू १८० देखि १९०, माछे हरियो खुर्सानी रू ७० देखि ८०, अकबरे हरियो खुर्सानी रू ७०० देखि ८०० र भेडे खुर्सानी रू ८० देखि १०० तोकिएको छ। हरियो लसुन रू ४० देखि ६०, हरियो धनिया रू ३० देखि ५०, चाइनिज सुकेको लसुन रू २३० देखि २६०, नेपाली सुकेको लसुन रू १८० देखि २००, सुकेको छ्यापी रू ८० देखि ११० र हरियो छ्यापी रू १०० देखि १४० रहेको छ।

त्यसैगरी,सुकेको माछाको मूल्य न्यूनतम रू ८०० देखि अधिकतम रू १०००, ताजा रहु माछा रू ३२० देखि ३५०, ताजा बचुवा माछा रू २७० देखि २८० र ताजा छडी माछा रू २३० देखि २५० तोकिएको समितिले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments