शुक्रबारको कालीमाटी बजारमा कुन कृषि उपज कतिमा ? हेर्नुहोस्

काठमाडौँ, १३ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज कालीमाटी बजारमा विभिन्न तरकारी तथा फलफूलको मूल्यमा केही उतारचढाव देखिएको छ।

समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। यस्तै, सानो लोकल गोलभेडा २५ देखि ३५ रुपैयाँ, सानो भारतीय गोलभेडा २० देखि ४० रुपैयाँ र सानो तराईको गोलभेडा ४० देखि ५० रुपैयाँ न्यूनतम र अधिकतम मूल्य तोकिएको छ। आलु रातोको मूल्य १५ देखि २० रुपैयाँ र भारतीय रातो आलु २० देखि २२ रुपैयाँ रहेको छ। यसैगरी सुकेको भारतीय प्याज प्रतिकिलो ३४ देखि ३६ रुपैयाँ र लोकल गाजर २० देखि ३५ रुपैयाँ तथा तराईको गाजर १६ देखि ३० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यसैगरी लोकल बन्दा २२ देखि ३० रुपैयाँ र नरिवल बन्दा १८ देखि २५ रुपैयाँमा पाइन्छ। काउलीतर्फ स्थानीय काउली ७० देखि ८० रुपैयाँ, स्थानीय ज्यापु काउली ८० देखि १०० रुपैयाँ र तराईको काउली ५५ देखि ७० रुपैयाँ कायम गरिएको छ। लोकल सेतो मूला १५ देखि २० रुपैयाँ र हाइब्रिड सेतो मूला २० देखि ३० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, लाम्चो भन्टा ५० देखि ६० रुपैयाँ र डल्लो भन्टा ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ।

तने बोडीको मूल्य १२० देखि १४० रुपैयाँ र मटरकोशा ४० देखि ५० रुपैयाँ तोकिएको छ। यस्तै लोकल घिउ सिमी १ियो १२० देखि १२० रुपैयाँ, हाइब्रिड घिउ सिमी ९० देखि ११० रुपैयाँ र राजमा घिउ सिमी ८० देखि ९० रुपैयाँ तोकिएको छ। यसैगरी, लोकल काक्रो ४० देखि ५० रुपैयाँ, हाइब्रिड काक्रो २० देखि ३० रुपैयाँ र लोकल क्रस काक्रो ३५ देखि ४५ रुपैयाँमा उपलब्ध छ। टाटे सिमी ७० देखि ८० रुपैयाँ, तितो करेला १२० देखि १५० रुपैयाँ, लौका ९० देखि १०० रुपैयाँ, तराईको परवर ८० देखि ९० रुपैयाँ र घिरौला ११० देखि १३० रुपैयाँ न्यूनतम र अधिकतम मूल्यमा बिक्री भइरहेको छ।

समितिका अनुसार पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ८० देखि ९० रुपैयाँ र हरियो डल्लो फर्सी ६० देखि ७० रुपैयाँ रहेको छ। भिण्डी १३० देखि १४० रुपैयाँ, सखरखण्ड ७० देखि ८० रुपैयाँ, बरेला ६० देखि ७० रुपैयाँ, पिंडालू ४५ देखि ६० रुपैयाँ र स्कूस ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, रायो साग ६० देखि ८० रुपैयाँ, पालूगो साग १०० देखि ११० रुपैयाँ, चमसूरको साग १०० देखि ११० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ र मेथीको साग १०० देखि ११० रुपैयाँमा उपलब्ध छ। हरियो प्याज ५० देखि ७० रुपैयाँ, बकूला ४५ देखि ५५ रुपैयाँ र तरुल ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यसैगरी, कन्य च्याउ १२० देखि १५० रुपैयाँ, डल्ले च्याउ २५० देखि ३०० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म तोकिएको छ। कुरीलोको मूल्य ४०० देखि ४५० रुपैयाँ, न्यूरो ७० देखि ८० रुपैयाँ, ब्रोकाउली ९० देखि ११० रुपैयाँ, चुकुन्दर ५० देखि ६० रुपैयाँ र सजिवन १०० देखि १२० रुपैयाँ रहेको छ। कोइरालो १८० देखि २२० रुपैयाँ, रातो बन्दा ५० देखि ६० रुपैयाँ, जिरीको साग ५० देखि ६० रुपैयाँ, ग्याठ कोबी ५० देखि ६० रुपैयाँ, सेलरी १०० देखि १२० रुपैयाँ र पार्सले १५० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ। सौफको साग १०० देखि १िलो १० रुपैयाँ, पुदीना १०० देखि १२० रुपैयाँ, गान्टे मूला ४० देखि ५० रुपैयाँ, इमली १७० देखि १८० रुपैयाँ, तामा ११० देखि १३० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक ३०० देखि ३२० रुपैयाँ कायम गरिएको छ।

फलफूल्तर्फ झोले स्याउ २०० देखि २५० रुपैयाँ, फूजी स्याउ २५० देखि ३०० रुपैयाँ, केरा प्रतिदर्जन २०० देखि २२० रुपैयाँ र कागती २२० देखि २४० रुपैयाँ तोकिएको छ। अनार ३०० देखि ३५० रुपैयाँ, हरियो अंगुर २०० देखि २२० रुपैयाँ, कालो अंगुर ३३० देखि ३५० रुपैयाँ, भारतीय सुन्तला १३० देखि १५० रुपैयाँ र हरियो तरबुजा ४० देखि ५० रुपैयाँमा कारोबार भइरहेको छ। भुई कटहर प्रति गोटा १५० देखि १६० रुपैयाँ, रुख कटहर १०० देखि १२० रुपैयाँ, चाइनिज नासपाती २२० देखि २५० रुपैयाँ, नेपाली मेवा ६० देखि ७० रुपैयाँ र भारतीय मेवा ९० देखि ११० रुपैयाँमा उपलब्ध छ। यस्तै किनु ११० देखि १३० रुपैयाँ, स्ट्रबेरी २५० देखि ३३० रुपैयाँ, किवि ३०० देखि ४०० रुपैयाँ, आभोकाडो ३०० देखि ४०० रुपैयाँ र अमला १७० देखि १८० रुपैयाँ कायम छ।

समितिका अनुसार अदुवा ८५ देखि १०० रुपैयाँ, सुकेको खुर्सानी ३८० देखि ४२० रुपैयाँ, हरियो खुर्सानी १०० देखि १२० रुपैयाँ, बुलेट हरियो खुर्सानी ९० देखि ११० रुपैयाँ, माछे हरियो खुर्सानी ७० देखि ८० रुपैयाँ र अकबरे हरियो खुर्सानी ७०० देखि ८०० रुपैयाँ तोकिएको छ। भेडे खुर्सानी ९० देखि १०० रुपैयाँ, हरियो लसुन ५० देखि ६० रुपैयाँ र हरियो धनिया ६० देखि ८० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाइनिज सुकेको लसुन २३० देखि २५० रुपैयाँ, नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ, सुकेको छ्यापी १०० देखि १२० रुपैयाँ र हरियो छ्यापी ५० देखि ६० रुपैयाँमा पाइन्छ। माछातर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा माछा (रहु) ३२० देखि ३५० रुपैयाँ, ताजा माछा (बचुवा) २७० देखि २८० रुपैयाँ र ताजा माछा (छडी) २३० देखि २५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?