कालीमाटीमा तरकारी र फलफूलको मूल्यमा उतारचढाव, कुन वस्तु कतिमा पाइन्छ ?

काठमाडौँ, २३ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज विभिन्न तरकारी, फलफूल र माछाको मूल्य विवरण निम्नानुसार रहेको छ ।

आज भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ६० र अधिकतम ७० रुपैयाँ तोकिएको छ । त्यसैगरी, स्थानीय सानो गोलभेडा न्यूनतम २० देखि अधिकतम २५ रुपैयाँ, भारतीय सानो गोलभेडा न्यूनतम १८ देखि ३० रुपैयाँ र तराईको सानो गोलभेडा ३० देखि ३६ रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय रातो आलु न्यूनतम २० देखि २३ रुपैयाँ र भारतीय सुकेको प्याज ३५ देखि ३७ रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

यस्तै, स्थानीय गाजर प्रतिकेजी ३० देखि ४० रुपैयाँ र तराईको गाजर २० देखि ३० रुपैयाँ कायम गरिएको छ । स्थानीय बन्दा न्यूनतम २५ देखि ३५ रुपैयाँ र नरिवल बन्दा १५ देखि २५ रुपैयाँमा पाइन्छ । स्थानीय काउली ४५ देखि ६० रुपैयाँ, स्थानीय ज्यापु काउली ६५ देखि ७५ रुपैयाँ र तराईको काउली ४० देखि ५० रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी, सेतो मूला (स्थानीय र हाइब्रिड दुवै) प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्ममा पाइन्छ । भन्टातर्फ लाम्चो ५० देखि ६० रुपैयाँ र डल्लो ७० देखि ८० रुपैयाँ तोकिएको छ ।तने बोडी १०० देखि १२० रुपैयाँ, मटरकोशा ६५ देखि ८० रुपैयाँ, स्थानीय घिउ सिमी ६० देखि ७० रुपैयाँ, हाइब्रिड घिउ सिमी ४० देखि ६० रुपैयाँ र राजमा सिमी १०० देखि १२० रुपैयाँमा कारोबार भइरहेको छ । तितो करेला १५० देखि १७० रुपैयाँसम्म पुगेको छ ।

काक्रोतर्फ स्थानीय प्रतिकेजी ३५ देखि ५० रुपैयाँ, हाइब्रिड १५ देखि २५ रुपैयाँ र लोकलक्रस ३० देखि ४० रुपैयाँ कायम छ । लौका ४० देखि ६० रुपैयाँ, तराईको परवर ९० देखि १०० रुपैयाँ, चिचिण्डो ८० देखि १०० रुपैयाँ, घिरौला ७५ देखि ९० रुपैयाँ र पाकेको फर्सी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । हरियो फर्सी (लाम्चो) २० देखि ४० रुपैयाँ र डल्लो फर्सी ४० देखि ५० रुपैयाँमा उपलब्ध छ ।

त्यस्तै, भिण्डी र सजीवनी (सजिवन) को मूल्य क्रमशः ९० देखि १०० र १०० देखि १२० रुपैयाँ रहेको छ । सखरखण्ड, बरेला र तरुलको समान ६० देखि ७० रुपैयाँ मूल्य तोकिएको छ भने पिंडालू ५० देखि ६० रुपैयाँ र स्कूस ५५ देखि ६५ रुपैयाँमा पाइन्छ ।

रायो साग प्रतिकेजी ४० देखि ६० रुपैयाँ, पालूगो साग ५० देखि ७० रुपैयाँ, चमसूर र मेथीको साग ८० देखि ९० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ र हरियो प्याज ७० देखि ९० रुपैयाँमा उपलब्ध छ । बकूला ३५ देखि ४५ रुपैयाँ, न्यूरो ७० देखि ८० रुपैयाँ, ब्रोकाउली ५० देखि ८० रुपैयाँ र चुकुन्दर ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । कोइरालो २५० देखि २८० रुपैयाँ र कुरीलो ३५० देखि ४०० रुपैयाँको उच्च मूल्यमा रहेको छ ।

च्याउतर्फ कन्य च्याउ प्रतिकेजी १५० देखि १७० रुपैयाँ, डल्ले च्याउ ३०० देखि ३५० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म कायम छ । यस्तै, गुन्दुक २५० देखि २८० रुपैयाँ र तामा ११० देखि १३० रुपैयाँमा कारोबार भइरहेको छ ।

फलफूलतर्फ झोले स्याउ २०० देखि २५० रुपैयाँ र फूजी स्याउ २५० देखि ३०० रुपैयाँ तोकिएको छ । केरा प्रतिदर्जन २०० देखि २२० रुपैयाँ, कागती प्रतिकेजी २४० देखि २६० रुपैयाँ र अनार ३२० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको छ । हरियो अंगुर २०० देखि २२० रुपैयाँ र कालो अंगुर ३३० देखि ३५० रुपैयाँ कायम छ । भारतीय सुन्तला १३० देखि १५० रुपैयाँ, हरियो तरबुजा ४० देखि ५० रुपैयाँ र भुई कटहर प्रतिगोटा १५० देखि १७० रुपैयाँ पर्दछ । नेपाली मेवा ६० देखि ७० रुपैयाँ र भारतीय मेवा ९० देखि १०० रुपैयाँमा पाइन्छ । स्ट्रबेरी २५० देखि ३०० रुपैयाँ र किवि ४०० देखि ४५० रुपैयाँमा उपलब्ध छ ।

अदुवा ७० देखि ९० रुपैयाँ, सुकेको खुर्सानी ४०० देखि ४५० रुपैयाँ र हरियो अकबरे खुर्सानी ७०० देखि ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हरियो खुर्सानी १०० देखि १२० रुपैयाँसम्म पर्दछ । चाइनिज सुकेको लसुन २१० देखि २३० रुपैयाँ र नेपाली सुकेको लसुन १४० देखि १५० रुपैयाँ कायम छ ।

माछाको मूल्यतर्फ रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २९० देखि ३०० रुपैयाँ र छडी माछा ३०० देखि ३२० रुपैयाँ तोकिएको छ । सुकेको माछा भने प्रतिकेजी ८०० देखि १००० रुपैयाँसम्ममा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?