कालीमाटी बजारमा माछा, फलफूल र तरकारीको भाउ कस्तो छ ? हेर्नुहोस् पूर्ण विवरण
काठमाडौँ, २७ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। सार्वजनिक मूल्यसूची अनुसार केही तरकारी र फलफूलको मूल्यमा सामान्य हेरफेर देखिएको छ।
समितिका अनुसार भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ६० र अधिकतम ७० रुपैयाँ तोकिएको छ भने यसको औसत मूल्य ६५ रुपैयाँ रहेको छ। स्थानीय सानो गोलभेडा न्यूनतम २२ देखि अधिकतम ३० रुपैयाँसम्म पाइन्छ। भारतीय सानो गोलभेडा २० देखि ३० र तराईको सानो गोलभेडाको मूल्य ३० देखि ३६ रुपैयाँ निर्धारण गरिएको छ। आलुतर्फ रातो आलुको न्यूनतम मूल्य १६ र अधिकतम २१ रुपैयाँ रहँदा भारतीय रातो आलु २१ देखि २३ रुपैयाँमा बिक्री भइरहेको छ।
यसैगरी, भारतीय सुकेको प्याजको न्यूनतम मूल्य ३५ र अधिकतम ३६ रुपैयाँ रहेको छ। स्थानीय गाजर ३० देखि ३५ रुपैयाँमा पाइन्छ भने तराईको गाजर १६ देखि ३० रुपैयाँमा उपलब्ध छ। बन्दातर्फ स्थानीय बन्दा २५ देखि ४० र नरिवल बन्दा २० देखि २५ रुपैयाँ तोकिएको छ। स्थानीय काउलीको मूल्य ३५ देखि ६० रुपैयाँ र ज्यापु काउली ७० देखि ८० रुपैयाँ रहेको छ। स्थानीय सेतो मूला १५ देखि २५ र हाइब्रिड मूला २० देखि ३० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, भन्टा लाम्चो ४५ देखि ६० र डल्लो भन्टा ६० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ। तने बोडी ८० देखि ९० र मटरकोशा ५० देखि ८० रुपैयाँ छ। सिमीतर्फ लोकल सिमी ५० देखि ७०, हाइब्रिड ५० देखि ६०, राजमा १०० देखि १२० र टाटे सिमी ९० देखि ११० रुपैयाँ पुगेको छ। समितिका अनुसार तितो करेला ९० देखि ११०, लौका ४० देखि ५०, लोकल परवर ९० देखि १००, चिचिण्डो ८० देखि १०० र घिरौला ४० देखि ६० रुपैयाँमा पाइन्छ। पाकेको फर्सी ५० देखि ६० र हरियो लाम्चो फर्सी २५ देखि ४० रुपैयाँमा उपलब्ध छ।
त्यसैगरी, भिण्डी ८० देखि १००, सखरखण्ड ६० देखि ७०, बरेला ५० देखि ६०, पिँडालु ५० देखि ६० र स्कूस ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ। रायोको साग ४० देखि ६०, पालूगो, चमसूर र मेथीको साग समान ८० देखि १०० रुपैयाँ, तोरीको साग ३५ देखि ५० र हरियो प्याज ५० देखि ८० रुपैयाँमा उपलब्ध छ। बकूला ४० देखि ५० र तरुल ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ।
च्याउतर्फ कन्य च्याउ २४० देखि २६०, डल्ले च्याउ ३५० देखि ४००, राजा च्याउ २८० देखि ३०० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ प्रतिकिलो पुगेको छ। कुरीलो ४०० देखि ५००, न्यूरो ७० देखि ८०, ब्रोकाउली ६० देखि ८०, चुकुन्दर ५० देखि ६० र सजिवन १०० देखि १२० रुपैयाँमा बिक्री भइरहेको छ। कोइरालोको मूल्य २०० देखि ३०० रुपैयाँ छ भने रातो बन्दा ३५ देखि ४० र ग्याठ कोबी ५० देखि ६० रुपैयाँ तोकिएको छ।
यसैगरी, सेलरी १२० देखि १५०, पार्सले १८० देखि २००, पुदीना ८० देखि १००, र इमली १७० देखि १८० रुपैयाँमा पाइन्छ। तामा ११० देखि १३०, तोफु १३० देखि १५० र गुन्दुक २८० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ।
फलफूलतर्फ झोले स्याउ २०० देखि २५०, फूजी स्याउ २५० देखि ३००, केरा प्रतिदर्जन २०० देखि २२० र कागती २९० देखि ३२० रुपैयाँ पुगेको छ। अनार ३०० देखि ३५०, हरियो अंगुर २१० देखि २३०, कालो अंगुर ३३० देखि ३५० र भारतीय सुन्तला १३० देखि १५० रुपैयाँमा उपलब्ध छ। यस्तै, हरियो तरबुजा ४० देखि ५०, भुईँकटहर प्रतिगोटा १६० देखि १७० र स्ट्रबेरी २५० देखि ३०० रुपैयाँमा पाइन्छ।
अदुवा ७० देखि ९०, सुकेको खुर्सानी ४०० देखि ४५०, हरियो खुर्सानी ८० देखि १०० र भेडे खुर्सानी ८० देखि १०० रुपैयाँ तोकिएको छ। हरियो धनियाँ १०० देखि १५०, चाइनिज सुकेको लसुन २१० देखि २३० र नेपाली सुकेको लसुन १२० देखि १४० रुपैयाँमा कारोबार भइरहेको छ।
माछातर्फ सुकेको माछा ८०० देखि १०००, रहु माछा ३२० देखि ३४०, बचुवा माछा ३०० देखि ३१० र छडी माछा २८० देखि ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समितिले जनाएको छ।
