कालीमाटी बजारमा आज कुन तरकारी सस्तो र कुन महँगो ? हेर्नुहोस् पूर्ण मूल्यसूची

काठमाडौँ, ३० चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज धेरैजसो तरकारी तथा फलफूलको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।

समितिका अनुसार भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो न्यूनतम ६० रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म तोकिएको छ। यस्तै, स्थानीय सानो गोलभेडा न्यूनतम २० देखि अधिकतम ३० रुपैयाँ, भारतीय सानो गोलभेडा २४ देखि ३२ रुपैयाँ र तराईको सानो गोलभेडा ३० देखि ३६ रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलुको मूल्य १७ देखि २३ रुपैयाँ र भारतीय रातो आलु २१ देखि २३ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, भारतीय सुकेको प्याजको मूल्य ३४ देखि ३६ रुपैयाँ रहेको छ। स्थानीय गाजर ४० देखि ५० रुपैयाँ र तराईको गाजर २० देखि ३० रुपैयाँमा पाइन्छ। स्थानीय बन्दा २५ देखि ३५ रुपैयाँ र तराईको बन्दा २० देखि ३० रुपैयाँ तोकिएको छ। स्थानीय काउली ४० देखि ६० रुपैयाँ र ज्यापु काउली ६० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यसैगरी, हाइब्रिड सेतो मूला २० देखि ३० रुपैयाँ, लाम्चो भन्टा ५० देखि ७० रुपैयाँ र डल्लो भन्टा ७० देखि ८० रुपैयाँ मूल्य कायम छ। तने बोडी ९० देखि १२० रुपैयाँ, मटरकोशा ८० देखि ९० रुपैयाँ र स्थानीय घिउ सिमी ६० देखि ७० रुपैयाँमा पाइन्छ। यस्तै, हाइब्रिड घिउ सिमी ५० देखि ६० रुपैयाँ र राजमा घिउ सिमी ११० देखि १३० रुपैयाँ मूल्य तोकिएको छ। टाटे सिमी १०० देखि ११० रुपैयाँ र भटमासकोशा ३०० देखि ३५० रुपैयाँ पुगेको छ।

यस्तै, स्थानीय काक्रो ७० देखि ८० रुपैयाँ, हाइब्रिड काक्रो २५ देखि ४० रुपैयाँ र लोकलक्रस काक्रो ४० देखि ६० रुपैयाँमा उपलब्ध छ। तितो करेला ९० देखि ११० रुपैयाँ, लौका ३५ देखि ५० रुपैयाँ, तराईको परवर ८० देखि १०० रुपैयाँ, चिचिण्डो ७० देखि ९० रुपैयाँ र घिरौला ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ। पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ३० देखि ४० रुपैयाँ र डल्लो हरियो फर्सी ४० देखि ६० रुपैयाँ मूल्य तोकिएको छ।

त्यसैगरी, भिण्डी ८० देखि ११० रुपैयाँ, सखरखण्ड ६० देखि ७० रुपैयाँ, बरेला ५५ देखि ७० रुपैयाँ, पिंडालू ४५ देखि ६० रुपैयाँ र स्कूस ६० देखि ७० रुपैयाँमा पाइन्छ। सागसब्जी तर्फ रायो साग ४० देखि ६० रुपैयाँ, पालूगो साग ८० देखि १०० रुपैयाँ, चमसूरको साग ९० देखि १०० रुपैयाँ, तोरीको साग ३० देखि ४० रुपैयाँ र मेथीको साग ८० देखि १०० रुपैयाँ कायम गरिएको छ।

यसैगरी, हरियो प्याज ६० देखि १०० रुपैयाँ, बकूला ५० देखि ६० रुपैयाँ, तरुल ६० देखि ८० रुपैयाँ र कन्य च्याउ २२० देखि २५० रुपैयाँमा बिक्री भइरहेको छ। डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ, सिताके च्याउ ८०० देखि १००० रुपैयाँ, कुरीलो ४०० देखि ५०० रुपैयाँ र न्यूरो ७० देखि ८० रुपैयाँ तोकिएको छ।

यस्तै, ब्रोकाउली ७० देखि १०० रुपैयाँ, चुकुन्दर ४५ देखि ६० रुपैयाँ, सजिवन ९० देखि ११० र कोइरालो २४० देखि २६० रुपैयाँमा पाइन्छ। रातो बन्दा ३० देखि ४० रुपैयाँ, जिरीको साग ५० देखि ६० रुपैयाँ, ग्याठ कोबी ५० देखि ६० रुपैयाँ, सेलरी १०० देखि १२० रुपैयाँ, पार्सले १८० देखि २०० रुपैयाँ, सौफको साग ९० देखि १०० रुपैयाँ र पुदीना ८० देखि १०० रुपैयाँ कायम छ।

त्यसैगरी, इमली १७० देखि १८० रुपैयाँ, तामा १३० देखि १५० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक २८० देखि ३०० रुपैयाँ मूल्य तोकिएको छ।

फलफूल तर्फ झोले स्याउ २०० देखि २५० रुपैयाँ, फूजी स्याउ २५० देखि ३२० रुपैयाँ, केरा प्रति दर्जन २१० देखि २३० रुपैयाँ, कागती ३०० देखि ३२० रुपैयाँ र अनार ३५० देखि ३८० रुपैयाँ पुगेको छ।

यसैगरी, हरियो अंगुर २२० देखि २३० रुपैयाँ, कालो अंगुर ३३० देखि ३५० रुपैयाँ, भारतीय सुन्तला १४० देखि १६० रुपैयाँ, हरियो तरबुजा ३५ देखि ४५ रुपैयाँ, भुई कटहर प्रति गोटा १५० देखि १६० रुपैयाँ र रुख कटहर ७० देखि ८० रुपैयाँमा पाइन्छ। चिनियाँ नासपाती २२० देखि २५० रुपैयाँ, नेपाली मेवा ६० देखि ७० रुपैयाँ, भारतीय मेवा ७० देखि ९० रुपैयाँ, किवि ३५० देखि ४०० रुपैयाँ र आभोकाडो ६०० देखि ८०० रुपैयाँ मूल्य कायम गरिएको छ।

अदुवा ७० देखि ९० रुपैयाँ, सुकेको खुर्सानी ४२० देखि ४६० रुपैयाँ, हरियो खुर्सानी ८० देखि १०० रुपैयाँ र बुलेट खुर्सानी ६० देखि ७० रुपैयाँमा उपलब्ध छ। माछे खुर्सानी ७० देखि ८० रुपैयाँ, भेडे खुर्सानी ११० देखि १४० रुपैयाँ, हरियो लसुन ८० देखि १०० रुपैयाँ र हरियो धनिया ८० देखि १०० रुपैयाँ तोकिएको छ। चिनियाँ सुकेको लसुन २०० देखि २२० रुपैयाँ, नेपाली सुकेको लसुन १२० देखि १४० रुपैयाँ, सुकेको छ्यापी १०० देखि १२० रुपैयाँ र हरियो छ्यापी ७० देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तमा, सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा ३०० देखि ३१० रुपैयाँ र छडी माछा २८० देखि ३०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?