देशभर बदली र वर्षाको सम्भावना: सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २२ वैशाख ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। यसका कारण हाल देशभर पूर्णतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभरको मौसममा फेरबदल रहने देखिन्छ। पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत प्रक्षेपण गरिएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली नै रहनेछ। यी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ भने बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसममा आएको यो परिवर्तन र वर्षा/चट्याङ्गको जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सतर्कता अपनाउन र पछिल्लो सूचनामा अध्यावधिक रहन सबैमा अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?