आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् कालीमाटी बजारको ताजा अपडेट
काठमाडौँ, २५ वैशाख ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज तरकारी, फलफूल र माछाको मूल्यमा केही भिन्नता देखिएको छ ।
समितिले सार्वजनिक गरेको विवरण अनुसार आज भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ८५ रुपैयाँ र अधिकतम ९५ रुपैयाँ तोकिएको छ ।स्थानीय सानो गोलभेडा न्यूनतम ५५ देखि अधिकतम ६० रुपैयाँ र तराईको सानो गोलभेडा ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातोको मूल्य २२ देखि २८ रुपैयाँ र भारतीय रातो आलुको मूल्य २२ देखि २३ रुपैयाँ कायम गरिएको छ । भारतीय सुकेको प्याज न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँमा उपलब्ध छ ।
त्यसैगरी,स्थानीय गाजरको मूल्य ४५ देखि ६० रुपैयाँ र तराईको गाजर २५ देखि ३५ रुपैयाँ रहेको छ ।स्थानीय बन्दा २५ देखि ३५ रुपैयाँ, स्थानीय काउली ५० देखि ६० रुपैयाँ र स्थानीय काक्रो ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ । हाइब्रिड काक्रोको मूल्य ४० देखि ५० रुपैयाँ र लोकल क्रस काक्रो ६० देखि ७० रुपैयाँ तोकिएको छ । यसैगरी, हाइब्रिड सेतो मूला २० देखि ३० रुपैयाँ, लाम्चो भन्टा ५० देखि ६० रुपैयाँ र डल्लो भन्टा ७० देखि ८० रुपैयाँमा पाइन्छ ।
तने बोडी १०० देखि १३० रुपैयाँ, मटरकोशा ५० देखि ६० रुपैयाँ र स्थानीय घिउ सिमी ९० देखि १०० रुपैयाँ कायम भएको छ । हाइब्रिड घिउ सिमी ८० देखि ९० रुपैयाँ, राजमा घिउ सिमी ९० देखि १०० रुपैयाँ र भटमासकोशा १६० देखि १७० रुपैयाँमा बिक्री भइरहेको छ । तितो करेला ४० देखि ६० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ, स्थानीय परवर ८० देखि ९० रुपैयाँ र तराईको परवर ६० देखि ७५ रुपैयाँमा उपलब्ध छ । घिरौला ७० देखि ८० रुपैयाँ, झिगूनी ७० देखि ८० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ४० रुपैयाँ र हरियो डल्लो फर्सी ३० देखि ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, भिण्डी ८० देखि ९० रुपैयाँ, सखरखण्ड ६५ देखि ७५ रुपैयाँ, पिंडालू ४० देखि ५० रुपैयाँ, स्कूस ५५ देखि ६० रुपैयाँ र रायो साग ६० देखि ८० रुपैयाँ रहेको छ । पालूगो साग ९० देखि १०० रुपैयाँ, चमसूरको साग १०० देखि १२० रुपैयाँ, तोरीको साग २५ देखि ३५ रुपैयाँ, मेथीको साग ९० देखि १०० रुपैयाँ र हरियो प्याज १३० देखि १५० रुपैयाँमा पाइन्छ ।
यसैगरी, कन्य च्याउ २२० देखि २६० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ मूल्य तोकिएको छ । कुरिलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ८० देखि १०० रुपैयाँ, ब्रोकाउली ९० देखि ११० रुपैयाँ, चुकुन्दर ५५ देखि ६५ रुपैयाँ र सजिवन १३० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ । कोइरालो ३०० देखि ३५० रुपैयाँ, रातो बन्दा ४० देखि ६० रुपैयाँ, जिरीको साग ९० देखि १०० रुपैयाँ, सेलरी १०० देखि १२० रुपैयाँ, पार्सले २५० देखि ३०० रुपैयाँ, सौफको साग ९० देखि १०० रुपैयाँ र पुदीना ९० देखि ११० रुपैयाँ कायम गरिएको छ । गान्ते मूला ४० देखि ५० रुपैयाँ, इमली १७० देखि १८० रुपैयाँ, तामा १३० देखि १५० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ र गुन्दुक २५० देखि ३०० रुपैयाँमा उपलब्ध छ ।
फलफूलतर्फ झोले स्याउ २२० देखि २५० रुपैयाँ, फूजी स्याउ २५० देखि ३०० रुपैयाँ र केरा प्रतिदर्जन १८० देखि २२० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, कागती ३७० देखि ३८० रुपैयाँ, अनार ४०० देखि ५०० रुपैयाँ, हरियो अंगुर २५० देखि ३०० रुपैयाँ, कालो अंगुर ४०० देखि ४५० रुपैयाँ र हरियो तरबुजा ३५ देखि ४५ रुपैयाँ तोकिएको छ । भुई कटहर प्रतिगोटा २३० देखि २५० रुपैयाँ, रुख कटहर प्रतिकेजी ६० देखि ७० रुपैयाँ, चाइनिज नासपाती २२० देखि २५० रुपैयाँ, नेपाली मेवा ७० देखि ८० रुपैयाँ, भारतीय मेवा ८० देखि ९० रुपैयाँ र आभोकाडो ७०० देखि ८०० रुपैयाँमा पाइन्छ ।
त्यसैगरी, अदुवा ८० देखि १०० रुपैयाँ, सुकेको खुर्सानी ४०० देखि ४५० रुपैयाँ र हरियो खुर्सानी ९० देखि १०० रुपैयाँ रहेको छ । बुलेट खुर्सानी ९० देखि १०० रुपैयाँ, माछे खुर्सानी ५० देखि ६० रुपैयाँ, अकबरे खुर्सानी ५०० देखि ६०० रुपैयाँ र भेडे खुर्सानी ५० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ । हरियो लसुन १८० देखि २०० रुपैयाँ, हरियो धनिया ५० देखि ८० रुपैयाँ, चिनियाँ सुकेको लसुन १७० देखि १९० रुपैयाँ र नेपाली सुकेको लसुन ८० देखि ९० रुपैयाँ तोकिएको छ ।
अन्त्यमा, सुकेको माछा १०० देखि ८०० रुपैयाँ, ताजा माछा रहु ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा ३०० देखि ३१० रुपैयाँ र छडी माछा २८० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।
