कालीमाटी बजारमा कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक, कुनको मूल्य कति ?

काठमाडौँ, ०९ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज बजारमा तरकारी, फलफूल र माछाको मूल्यमा केही उतारचढाव देखिएको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज भारतीय ठूलो गोलभेडाको न्यूनतम मूल्य ७० र अधिकतम ८० रुपैयाँ तोकिएको छ भने यसको औसत मूल्य ७५ रुपैयाँ रहेको छ। लोकल सानो गोलभेडा ३० देखि ४४ रुपैयाँ, टनेलको सानो गोलभेडा ६० देखि ७० रुपैयाँ तथा भारतीय र तराईको सानो गोलभेडा ३० देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ।

आलु रातो (लाम्चो) २५ देखि ३० रुपैयाँ, रातो आलु (गोलो) २२ देखि २६ रुपैयाँ र भारतीय रातो आलु २५ देखि २६ रुपैयाँमा पाइन्छ। यस्तै, भारतीय सुकेको प्याजको मूल्य ३७ देखि ३८ रुपैयाँ कायम गरिएको छ।

लोकल गाजर ५० देखि ६० रुपैयाँ, लोकल बन्दा ३० देखि ४० रुपैयाँ र स्थानीय काउली ३० देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ। लोकल काक्रो ५० देखि ६०, हाइब्रिड काक्रो १० देखि २० र लोकल क्रस काक्रो ३० देखि ४० रुपैयाँमा उपलब्ध छ। हाइब्रिड सेतो मूलाको मूल्य १६ देखि २० रुपैयाँ छ।

भन्टा (लाम्चो र डल्लो) ४० देखि ५० रुपैयाँ, तने बोडी ३० देखि ४० रुपैयाँ र मकै बोडी ५० देखि ६० रुपैयाँ तोकिएको छ। लोकल घिउ सिमी ४० देखि ६० रुपैयाँ, हाइब्रिड घिउ सिमी ४० देखि ५० रुपैयाँ र भटमास कोशा १०० देखि १२० रुपैयाँमा किनबेच भइरहेको छ।

तितो करेला ४५ देखि ६०, लौका ४५ देखि ५५ र लोकल तथा तराईको परवर ४० देखि ५० रुपैयाँमा पाइन्छ। चिचिण्डो २५ देखि ३५, घिरौला २५ देखि ४० र झिगूनी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ। पाकेको फर्सी ५० देखि ६० रुपैयाँ हुँदा हरियो लाम्चो र डल्लो फर्सीको मूल्य २५ देखि ३५ रुपैयाँ कायम छ।

भिण्डी २५ देखि ४०, सखरखण्ड ६० देखि ८०, पिंडालू ५० देखि ६० र स्कूस ६० देखि ७० रुपैयाँमा उपलब्ध छ। रायोको साग ५० देखि ८०, पालुंगो, चमसूर, मेथी र सौफको साग समान १०० देखि १२० रुपैयाँमा बिक्री भइरहेको छ। तोरीको साग ३० देखि ४० र हरियो प्याज १०० देखि १५० रुपैयाँ तोकिएको छ।

कन्य च्याउ २०० देखि २२०, डल्ले च्याउ ३५० देखि ४००, राजा च्याउ २८० देखि ३०० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ।  कुरीलो ३०० देखि ३५०, न्यूरो ७० देखि ८० र ब्रोकाउली ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ।

चुकुन्दर ५० देखि ६०, रातो बन्दा ३० देखि ४०, जिरीको साग ९० देखि १००, सेलरी १२० देखि १५० र पार्सले २५० देखि ३०० रुपैयाँमा पाइन्छ। पुदीना ९० देखि १००, गान्टे मूला ४० देखि ६०, इमली १७० देखि १८०, तामा र तोफु १३० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ भने गुन्दुकको मूल्य २०० देखि ३०० रुपैयाँ छ।

फलफूलतर्फ फूजी स्याउ २५० देखि ३२५, नेपाली केरा १५० देखि २०० (दर्जन) र मालभोग केरा २०० देखि २२० रुपैयाँ कायम छ। कागती २२० देखि २६०, अनार ४०० देखि ४५०, दसहरी आँप २४० देखि २८० र हरियो अंगुर पनि २४० देखि २८० रुपैयाँमा उपलब्ध छ। हरियो तरबुजा ३० देखि ३५, भुई कटहर २१० देखि २३० (प्रति गोटा) र रुख कटहर ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यसैगरी, नेपाली मेवा ८० देखि ९० र भारतीय मेवा ९० देखि १०० रुपैयाँ छ। भारतीय लीच्ची २५० देखि २८०, आभोकाडो ७०० देखि ८००, काँचो नरिवल ७० देखि ८० र हरियो नरिवल १५० देखि १८० रुपैयाँमा पाइन्छ।

अदुवा १४० देखि १६०, सुकेको खुर्सानी ३८० देखि ४५० तथा हरियो खुर्सानी (लाम्चो, बुलेट) ८० देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ। चाइनिज सुकेको लसुन १७० देखि १९०, नेपाली लसुन ९० देखि १२० र छ्यापी सुकेको १०० देखि १४० रुपैयाँ तोकिएको छ। 

ताजा माछातर्फ रहु ३२० देखि ३३०, बचुवा २९० देखि ३१० र छडी माछा २५० देखि २६० रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?