च्याउ र कुरीलोको मूल्य आकासिँदा भान्सा महँगो, हेर्नुहोस् कालीमाटी बजारको आजको मूल्य

काठमाडौँ, २४ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडा प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ६० रुपैयाँसम्ममा कारोबार भइरहेको छ भने भारतीय ठूलो गोलभेडा न्यूनतम ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ। सानो लोकल गोलभेडा २० देखि ३० रुपैयाँ र टनेलको सानो गोलभेडा ३५ देखि ४५ रुपैयाँमा उपलब्ध छ। लाम्चो रातो आलु ३५ देखि ४० रुपैयाँ, गोलो रातो आलु ३० देखि ३५ रुपैयाँ र सेतो आलु २४ देखि २५ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

त्यसैगरी, भारतीय सुकेको प्याज ४० देखि ४३ रुपैयाँ, लोकल गाजर ९० देखि १२० रुपैयाँ, लोकल बन्दा ५० देखि ६० रुपैयाँ र स्थानीय काउली ७० देखि ८० रुपैयाँमा किनबेच भइरहेको छ।लोकल काँक्रो ६० देखि ७० रुपैयाँ, हाइब्रीड काँक्रो १५ देखि २५ रुपैयाँ र लोकल क्रस काँक्रो ५० देखि ६० रुपैयाँमा उपलब्ध छ। यसैगरी, हाइब्रीड सेतो मूला १५ देखि २५ रुपैयाँ, लाम्चो भन्टा ५० देखि ६० रुपैयाँ र डल्लो भन्टा ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ।

तने बोडी ३० देखि ४० रुपैयाँ, मकै बोडी ६० देखि ७० रुपैयाँ र मटरकोशा १८० देखि २०० रुपैयाँ रहेको छ। यस्तै, लोकल र हाइब्रीड घिउ सिमी ६० देखि ७० रुपैयाँ, राजमा सिमी १२० देखि १३० रुपैयाँ, टाटे सिमी १०० देखि १२० रुपैयाँ र भटमासकोशा १२० देखि १३० रुपैयाँमा उपलब्ध छ। त्यसैगरी तितो करेला ४० देखि ५० रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ, लोकल परवर ६० देखि ७० रुपैयाँ, चिचिण्डो ४० देखि ५० रुपैयाँ, घिरौला ५० देखि ६० रुपैयाँ र झिगूनी ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, पाकेको फर्सी, हरियो लाम्चो फर्सी र हरियो डल्लो फर्सी सबैको मूल्य ५० देखि ६० रुपैयाँ तोकिएको छ। भिण्डी ३५ देखि ४५ रुपैयाँ, सखरखण्ड ७० देखि ८० रुपैयाँ, पिंडालू ५० देखि ६० रुपैयाँ, स्कूस ५० देखि ६० रुपैयाँ र रायो साग ६० देखि ७० रुपैयाँमा पाइनेछ। पालूगो साग ८० देखि ९० रुपैयाँ, चमसूरको साग ८० देखि ९० रुपैयाँ, हरियो प्याज १०० देखि १२० रुपैयाँ र न्यूरो ८० देखि ९० रुपैयाँ मूल्य रहेको छ।

कन्य च्याउ २०० देखि २२० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३५० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। कुरीलो ३०० देखि ३५० रुपैयाँ, ब्रोकाउली १०० देखि १२० रुपैयाँ, चुकुन्दर ५० देखि ६० रुपैयाँ, सजिवन १०० देखि १२० रुपैयाँ र रातो बन्दा ४० देखि ५० रुपैयाँमा उपलब्ध छ। जिरीको साग ९० देखि १०० रुपैयाँ, सेलरी १२० देखि १३० रुपैयाँ, पार्सले २०० देखि २२० रुपैयाँ, सौफको साग ८० देखि ९० रुपैयाँ र पुदीना १०० देखि १२० रुपैयाँमा किनबेच भइरहेको छ।

समितिका अनुसार गान्टे मूला ६० देखि ७० रुपैयाँ, इमली १८० देखि २०० रुपैयाँ, तामा १३० देखि १४० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा उपलब्ध छ।

फलफूल तर्फ फजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा १८० देखि २०० रुपैयाँ (प्रतिदर्जन), मालभोग केरा २०० देखि २२० रुपैयाँ, कागती २०० देखि २२० रुपैयाँ र अनार ४०० देखि ४२० रुपैयाँ मूल्य तोकिएको छ। मालदह आँप १०० देखि १२० रुपैयाँ, दशहरी आँप १२० देखि १३० रुपैयाँ, हरियो तरबुजा ३५ देखि ४५ रुपैयाँ, भुई कटहर १८० देखि २०० रुपैयाँ (प्रतिगोटा) र रुख कटहर ३५ देखि ४५ रुपैयाँमा पाइनेछ।

त्यसैगरी चाइनिज नासपाती १५० देखि १६० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, लोकल लिच्ची २३० देखि २५० रुपैयाँ र भारतीय लिच्ची २८० देखि ३०० रुपैयाँमा उपलब्ध छ। काँचो नरिवल ७० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँमा कारोबार भइरहेको छ।

अदुवा १२० देखि १३० रुपैयाँ, सुकेको खुर्सानी ४०० देखि ४५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ४० देखि ५० रुपैयाँ, बुलेट खुर्सानी ३० देखि ४० रुपैयाँ, माछे खुर्सानी ५० देखि ६० रुपैयाँ र भेडे खुर्सानी ७० देखि ८० रुपैयाँ मूल्य रहेको छ। हरियो लसुन १८० देखि २०० रुपैयाँ, हरियो धनियाँ १०० देखि १२० रुपैयाँ, सुकेको चाइनिज लसुन २०० देखि २२० रुपैयाँ र सुकेको नेपाली लसुन १६० देखि १८० रुपैयाँमा बिक्री भइरहेको छ।

अन्तमा माछा तर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, ताजा बचुवा माछा २८० देखि ३०० रुपैयाँ र ताजा छडी माछा २४० देखि २५० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?