कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति पुग्यो ? (पूर्ण सूचीसहित)
काठमाडौँ, ३ असार ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। सार्वजनिक मूल्यसूची अनुसार आज विभिन्न तरकारी, फलफूल र माछाको मूल्य निर्धारण गरिएको छ।
समितिका अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ र अधिकतम ७० रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, सानो लोकल गोलभेडा १५ देखि २५ रुपैयाँ र टनेलको सानो गोलभेडा २८ देखि ३८ रुपैयाँमा कारोबार भइरहेको छ। आलुको मूल्य हेर्दा रातो लाम्चो आलु ३५ देखि ३८ रुपैयाँ, रातो गोलो र मुडे आलु ३२ देखि ३५ रुपैयाँ तथा भारतीय रातो आलु २८ देखि ३० रुपैयाँ तोकिएको छ। सेतो आलु पनि प्रतिकेजी २८ देखि ३० रुपैयाँमै उपलब्ध छ।
यसैगरी, भारतीय सुकेको प्याज प्रतिकेजी ४२ देखि ४५ रुपैयाँ, लोकल गाजर ८० देखि १०० रुपैयाँ, लोकल बन्दा ५० देखि ६० रुपैयाँ र स्थानीय काउली ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ। लोकल काँक्रो ८० देखि ९० रुपैयाँ, हाइब्रिड काँक्रो १५ देखि ३० रुपैयाँ र लोकल क्रस काँक्रो ७० देखि ८० रुपैयाँमा पाइन्छ। यस्तै, रातो मूला ३० देखि ४० रुपैयाँ, हाइब्रिड सेतो मूला १५ देखि २० रुपैयाँ, लाम्चो भन्टा १५ देखि २५ रुपैयाँ र डल्लो भन्टा २५ देखि ३५ रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी, तने बोडी २० देखि ३० रुपैयाँ, मकै बोडी ५० देखि ६० रुपैयाँ र मटरकोशा १५० देखि १८० रुपैयाँ तोकिएको छ। सिमीको हकमा लोकल र हाइब्रिड घिउ सिमी ३० देखि ४० रुपैयाँ, राजमा सिमी ७० देखि ८० रुपैयाँ र टाटे सिमी ६० देखि ७० रुपैयाँ छ। भटमासकोशाको मूल्य १०० देखि १२० रुपैयाँ रहेको छ। यस्तै, तीतो करेला ३० देखि ४० रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, लोकल तथा तराई परवर ४० देखि ५० रुपैयाँ र चिचिण्डो २५ देखि ३५ रुपैयाँमा कारोबार भइरहेको छ। घिरौँला र झिगूनीको मूल्य क्रमशः ४० देखि ६० र ५० देखि ६० रुपैयाँ छ।
समितिका अनुसार पाकेको फर्सी र हरियो लाम्चो फर्सी ५० देखि ६० रुपैयाँमा पाइन्छ भने हरियो डल्लो फर्सी २० देखि ३० रुपैयाँ छ। भिण्डी २५ देखि ४० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालु ९० देखि १०० रुपैयाँ र स्कूस ४० देखि ५० रुपैयाँमा उपलब्ध छ। सागसब्जी तर्फ रायो साग ३० देखि ४० रुपैयाँ, पालुंगो, चमसूर र पालूगो साग ५० देखि ६० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ र हरियो प्याज ९० देखि १०० रुपैयाँ तोकिएको छ।
यसैगरी, कन्य च्याउ २०० देखि २४० रुपैयाँ, डल्ले च्याउ ३२० देखि ३६० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ प्रतिकेजी छ।
त्यसैगरी,कुरीलो ३०० देखि ३५० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली ८० देखि ९० रुपैयाँ, चुकुन्दर ५० देखि ६० रुपैयाँ, सजिवन १५० देखि २०० रुपैयाँ र रातो बन्दा ३० देखि ४० रुपैयाँ तोकिएको छ। जिरीको साग ९० देखि १०० रुपैयाँ, सेलरी १२० देखि १५० रुपैयाँ, पार्सले ३०० देखि ३५० रुपैयाँ, सौफको साग ७० देखि ८० रुपैयाँ र पुदीना १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ। गान्टे मूला ५० देखि ६० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा पाइन्छ।
फलफूलतर्फ फूजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा १८० देखि २०० रुपैयाँ, मालभोग केरा २०० देखि २२० रुपैयाँ, कागती १८० देखि २०० रुपैयाँ र अनार ४०० देखि ४२० रुपैयाँ तोकिएको छ। आँपमा मालदह ८० देखि १०० रुपैयाँ र दसहरी १०० देखि १२० रुपैयाँ छ। हरियो तरबुजा ४० देखि ५० रुपैयाँ, जुनार २०० देखि २२० रुपैयाँ र भुईं कटहर प्रति गोटा १८० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ।
यसैगरी, रुख कटहर ४० देखि ५० रुपैयाँ, चिनियाँ नासपाती २३० देखि २५० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ र भारतीय मेवा ९० देखि १०० रुपैयाँ छ। लिच्चीको मूल्य लोकल ९० देखि १०० र भारतीय २५० देखि २७० रुपैयाँ तोकिएको छ। काँचो नरिवल ७० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँ छ।
अदुवा २२० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ र हरियो खुर्सानी (लाम्चो) ४० देखि ५० रुपैयाँ छ। खुर्सानीमा बुलेट ३० देखि ४०, माछे ५० देखि ६० र अकबरे २५० देखि ३०० रुपैयाँ छ। भेडे खुर्सानी १०० देखि १२० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ र हरियो धनियाँ १०० देखि १२० रुपैयाँमा पाइन्छ। सुकेको चिनियाँ लसुन २०० देखि २२० र नेपाली लसुन १६० देखि १८० रुपैयाँ तोकिएको छ।
अन्त्यमा माछाको मूल्य हेर्दा सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २८० देखि ३०० रुपैयाँ र छडी माछा २४० देखि २६० रुपैयाँमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
