कालीमाटी बजारमा आज कुन कृषि उपजको मूल्य कति ? बजार जानुअघि यो सूची अनिवार्य हेर्नुहोस्

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज सार्वजनिक गरिएको मूल्यसूचीमा तरकारी तथा फलफूलको न्यूनतम र अधिकतम मूल्यमा केही उतारचढाव देखिएको छ ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ र अधिकतम मूल्य ४० रुपैयाँ तोकिएको छ ।सानो लोकल गोलभेडा न्यूनतम ८ रुपैयाँ देखि अधिकतम १० रुपैयाँ र टनेलको सानो गोलभेडा १२ रुपैयाँ देखि २० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।

आलुतर्फ रातो लाम्चो आलु र मुडेको रातो आलुको मूल्य समान ३५ देखि ४० रुपैयाँ रहेको छ भने गोलो रातो आलु ३२ देखि ३५ रुपैयाँ र भारतीय रातो आलु २८ देखि ३० रुपैयाँमा पाइनेछ । यस्तै, सेतो आलु २८ देखि ३० रुपैयाँ र भारतीय सुकेको प्याज ५२ देखि ५५ रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यसैगरी, लोकल गाजरको मूल्य ९० देखि १०० रुपैयाँ, लोकल बन्दा ५० देखि ६० रुपैयाँ र स्थानीय काउली ८० देखि ९० रुपैयाँ कायम गरिएको छ । लोकल काक्रो ६० देखि ७० रुपैयाँ, हाइब्रिड काक्रो २० देखि ३० रुपैयाँ र लोकलक्रस काक्रो ५० देखि ६० रुपैयाँमा उपलब्ध छ ।रातो मूला २५ देखि ३० रुपैयाँ र हाइब्रिड सेतो मूला १५ देखि २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, लाम्चो भन्टा १० देखि २० रुपैयाँ, डल्लो भन्टा २५ देखि ३० रुपैयाँ, तने बोडी २५ देखि ३५ रुपैयाँ र मकै बोडी ४० देखि ५० रुपैयाँमा पाइनेछ । मटरकोशाको मूल्य १२० देखि १३० रुपैयाँ तोकिएको छ । घिउ सिमी (लोकल र हाइब्रिड) ५० देखि ६० रुपैयाँ, राजमा घिउ सिमी ७० देखि ८० रुपैयाँ, टाटे सिमी ४० देखि ५० रुपैयाँ र भटमासकोशा ९० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ । तितो करेला २० देखि ३० रुपैयाँ, लौका ३० देखि ४० रुपैयाँ र परवर (लोकल तथा तराई) ३० देखि ४० रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी, चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला ३० देखि ४० रुपैयाँ, झिगूनी ४० देखि ५० रुपैयाँ र पाकेको फर्सी ५० देखि ६० रुपैयाँ कायम गरिएको छ । हरियो लाम्चो फर्सी ४० देखि ५० रुपैयाँ, डल्लो हरियो फर्सी २० देखि ३० रुपैयाँ र भिण्डी २० देखि ३० रुपैयाँमा पाइनेछ । सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

सागतर्फ रायोको साग ३० देखि ४० रुपैयाँ, पालूगो साग ५० देखि ६० रुपैयाँ, चमसूरको साग ५० देखि ६० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ र हरियो प्याज १२० देखि १५० रुपैयाँमा कारोबार भइरहेको छ । च्याउतर्फ कन्य च्याउ २७० देखि ३०० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म तोकिएको छ । कुरीलो २५० देखि ३०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली ६० देखि ७० रुपैयाँ र चुकुन्दर ८० देखि ९० रुपैयाँमा पाइनेछ ।

यस्तै, सजिवन २०० देखि २५० रुपैयाँ, रातो बन्दा ३० देखि ४० रुपैयाँ, जिरीको साग ८० देखि ९० रुपैयाँ, सेलरी १४० देखि १६० रुपैयाँ, पार्सले ३०० देखि ३५० रुपैयाँ र सौफको साग ५० देखि ६० रुपैयाँमा उपलब्ध छ । पुदीना १८० देखि २०० रुपैयाँ, गान्टे मूला ५० देखि ६० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको छ ।

फलफूलतर्फ फूजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० देखि २५० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँमा पाइनेछ । कागती १७० देखि २०० रुपैयाँ, अनार ४२० देखि ४५० रुपैयाँ, माल्दह आँप ८० देखि ९० रुपैयाँ र दसहरी आँप ९० देखि १०० रुपैयाँ तोकिएको छ । यस्तै हरियो तरबुजा ५० देखि ६० रुपैयाँ, जुनार २०० देखि २३० रुपैयाँ र भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ । रुख कटहर ४० देखि ५० रुपैयाँ, चाइनिज नासपाती २३० देखि २५० रुपैयाँ र नेपाली मेवा ८० देखि ९० रुपैयाँ एवं भारतीय मेवा १०० देखि १२० रुपैयाँमा पाइनेछ । लोकल लीच्ची १८० देखि २०० रुपैयाँ र भारतीय लीच्ची २८० देखि ३०० रुपैयाँ तोकिएको छ । काँचो नरिवल ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँमा उपलब्ध छ ।

अदुवा १२० देखि १५० रुपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ र हरियो लाम्चो खुर्सानी ३० देखि ४० रुपैयाँ कायम गरिएको छ । बुलेट हरियो खुर्सानी २५ देखि ३० रुपैयाँ, माछे खुर्सानी ४० देखि ५० रुपैयाँ, अकबरे खुर्सानी २०० देखि ३०० रुपैयाँ र भेडे खुर्सानी ९० देखि १०० रुपैयाँमा पाइनेछ । हरियो लसुन १५० देखि २०० रुपैयाँ, हरियो धनिया १०० देखि १२० रुपैयाँ, चाइनिज सुकेको लसुन २०० देखि २२० रुपैयाँ र नेपाली सुकेको लसुन १५० देखि १८० रुपैयाँमा बिक्री भइरहेको छ ।

अन्त्यमा, माछातर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २८० देखि ३०० रुपैयाँ र छडी माछा २३० देखि २५० रुपैयाँमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?