हेर्नुहोस् तरकारी, फलफूल र माछाको आजको पूर्ण विवरण

काठमाडौँ, १८ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज बजारमा विभिन्न तरकारी, फलफूल, सागपात र माछाको मूल्य यस प्रकार निर्धारण गरिएको छ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडाको प्रतिकेजी न्यूनतम मूल्य ४० देखि अधिकतम ५० रुपैयाँसम्म तोकिएको छ । सानो लोकल गोलभेडा १५ देखि २० रुपैयाँ र सानो टनेल गोलभेडा २० देखि ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलुको हकमा रातो लाम्चो आलु ३८ देखि ४१ रुपैयाँ, रातो गोलो आलु ३२ देखि ३५ रुपैयाँ, मुडेको रातो आलु ३२ देखि ३५ रुपैयाँ, भारतीय रातो आलु २८ देखि ३० रुपैयाँ र सेतो आलुको मूल्य २८ देखि ३० रुपैयाँसम्म रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याजको मूल्य ५२ देखि ५५ रुपैयाँ कायम गरिएको छ । लोकल गाजर ९० देखि १०० रुपैयाँ, लोकल बन्दा ५५ देखि ६५ रुपैयाँ र स्थानीय काउली ६० देखि ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । लोकल काक्रो ४५ देखि ६० रुपैयाँ, हाइब्रीड काक्रो २० देखि ३० रुपैयाँ र लोकलक्रस काक्रो ४० देखि ५० रुपैयाँमा उपलब्ध छ । रातो मूलाको मूल्य २५ देखि ३० रुपैयाँ र हाइब्रीड सेतो मूला १५ देखि २० रुपैयाँ तोकिएको छ ।

यसैगरी, लाम्चो भन्टा १० देखि २० रुपैयाँ र डल्लो भन्टा २५ देखि ३५ रुपैयाँमा पाइन्छ । तने बोडी २५ देखि ३५ रुपैयाँ र मकै बोडी ३० देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ । मटरकोशा १२० देखि १४० रुपैयाँ, लोकल र हाइब्रीड घिउ सिमी ४० देखि ५० रुपैयाँ, राजमा घिउ सिमी ७० देखि ८० रुपैयाँ र टाटे सिमी ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ । भटमासकोशाको मूल्य ८० देखि १०० रुपैयाँ रहेको छ ।

यस्तै, तितो करेला २० देखि ३० रुपैयाँ, लौका ३० देखि ४० रुपैयाँ, लोकल र तराई परवर २० देखि ३० रुपैयाँ, चिचिण्डो २० देखि ३० रुपैयाँ र घिरौला ३० देखि ४० रुपैयाँमा उपलब्ध छ । झिगूनी ४० देखि ५० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ४० देखि ५० रुपैयाँ, हरियो डल्लो फर्सी १५ देखि २५ रुपैयाँ र भिण्डी २० देखि ३० रुपैयाँमा पाइन्छ ।

समितिका अनुसार सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ४० देखि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ । रायो साग ३० देखि ४० रुपैयाँ, पालूगो, चमसूर र सौफको साग ५० देखि ६० रुपैयाँ, तोरीको साग ४० देखि ५० रुपैयाँ, हरियो प्याज १२० देखि १५० रुपैयाँ र जिरीको साग ८० देखि ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

त्यसैगरी, कन्य च्याउ २३० देखि २६० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँमा बिक्री भइरहेको छ । कुरिलो २५० देखि ३०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली ५० देखि ६० रुपैयाँ, चुकुन्दर ७० देखि ८० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ र रातो बन्दा ४० देखि ५० रुपैयाँमा उपलब्ध छ ।

यसैगरी सेलरी १४० देखि १६० रुपैयाँ, पार्सले ३०० देखि ३५० रुपैयाँ, पुदीना १८० देखि २०० रुपैयाँ, गान्टे मूला ५० देखि ६० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ तथा गुन्दुक ३०० देखि ३५० रुपैयाँ प्रतिकेजी मूल्य कायम गरिएको छ ।

फलफूल्तर्फ, फूजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० देखि २५० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँ तोकिएको छ । कागती १७० देखि २०० रुपैयाँ, अनार ४२० देखि ४५० रुपैयाँ, मालदह आँप ९० देखि ११० रुपैयाँ, दसहरी आँप ११० देखि १२० रुपैयाँ, जुनार २०० देखि २३० रुपैयाँ, भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ र रुख कटहर ४० देखि ५० रुपैयाँमा पाइन्छ । यस्तै, चाइनिज नासपाती २३० देखि २५० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा १०० देखि १२० रुपैयाँ, लोकल लीच्ची १८० देखि २०० रुपैयाँ र भारतीय लीच्ची २८० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ । काँचो र हरियो नरिवल क्रमशः ६० देखि ७० र १५० देखि १७० रुपैयाँ प्रतिगोटामा उपलब्ध छ ।

त्यसैगरी, अदुवा १५० देखि १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ र हरियो खुर्सानी (लाम्चो) २५ देखि ३० रुपैयाँमा कारोबार भइरहेको छ । बुलेट खुर्सानी २० देखि ३० रुपैयाँ, माछे खुर्सानी ४० देखि ५० रुपैयाँ, अकबरे खुर्सानी २०० देखि २५० रुपैयाँ र भेडे खुर्सानी ८० देखि ९० रुपैयाँमा पाइन्छ । हरियो लसुन १५० देखि २०० रुपैयाँ, हरियो धनिया ८० देखि १०० रुपैयाँ तथा सुकेको चाइनिज र नेपाली लसुन क्रमशः १८० देखि २०० र १५० देखि १८० रुपैयाँमा बिक्री भइरहेको छ ।

माछातर्फ, सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २८० देखि ३०० रुपैयाँ र छडी माछा २३० देखि २५० रुपैयाँ प्रतिकेजीमा उपलब्ध रहेको समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?