हेर्नुहोस् कालीमाटी फलफूल तथा तरकारी बजारको पूर्ण मूल्यसूची, कुन वस्तुको भाउ कति पुग्यो ?

काठमाडौँ, २१ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आइतबार नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य ५० देखि अधिकतम ६० रुपैयाँसम्म तोकिएको छ । लोकल सानो गोलभेडा १५ देखि २२ रुपैयाँ र टनेलको सानो गोलभेडा २५ देखि ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलुको हकमा रातो लाम्चो आलु ३८ देखि ४२ रुपैयाँ, गोलो रातो आलु ३५ देखि ३८ रुपैयाँ, मुडेको रातो आलु ३५ देखि ३८ रुपैयाँ र भारतीय रातो आलु २८ देखि ३० रुपैयाँमा बिक्री हुँदैछ । सेतो आलुको मूल्य २८ देखि ३० रुपैयाँ र सुकेको भारतीय प्याज ५२ देखि ५५ रुपैयाँ कायम गरिएको छ ।

लोकल गाजर ९० देखि १०० रुपैयाँ र तराईको गाजर ८० देखि ९० रुपैयाँमा उपलब्ध छ । यसैगरी, लोकल बन्दा ५० देखि ६० रुपैयाँ र स्थानीय काउली ३० देखि ५० रुपैयाँमा पाइन्छ । काक्रोको मूल्य लोकलतर्फ ४० देखि ५० रुपैयाँ, हाइब्रिड १५ देखि २५ रुपैयाँ र लोकल क्रस ४० देखि ५० रुपैयाँ तोकिएको छ । यस्तै, रातो मूला ३० देखि ४० रुपैयाँ र हाइब्रिड सेतो मूला १५ देखि २० रुपैयाँमा बिक्री भइरहेको छ ।

समितिका अनुसार लाम्चो भन्टा १० देखि २० रुपैयाँ, डल्लो भन्टा २५ देखि ३० रुपैयाँ, तने बोडी २० देखि ३० रुपैयाँ र मकै बोडी ४० देखि ५० रुपैयाँमा पाइन्छ । मटरकोशाको मूल्य १३० देखि १५० रुपैयाँ रहेको छ भने घिउ सिमी लोकल र हाइब्रिड दुवै ३० देखि ४० रुपैयाँमा उपलब्ध छन् । राजमा सिमी ७० देखि ८० रुपैयाँ, टाटे सिमी ४० देखि ५० रुपैयाँ र भटमासकोशा ८० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ । तितो करेला १० देखि २० रुपैयाँ, लौका १५ देखि २५ रुपैयाँ र लोकल तथा तराईको परवर २० देखि ३० रुपैयाँमा पाइन्छ ।

यस्तै, चिचिण्डो र घिरौला २० देखि ३० रुपैयाँ, झिगूनी ४० देखि ५० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ४० देखि ५० रुपैयाँ र डल्लो हरियो फर्सी १० देखि २० रुपैयाँ तोकिएको छ । भिण्डी २० देखि ३० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ४० देखि ५० रुपैयाँमा उपलब्ध छ ।

सागसब्जीतर्फ रायोको साग ३० देखि ४० रुपैयाँ, पालुंगो साग ५० देखि ६० रुपैयाँ, चमसूरको साग ५० देखि ६० रुपैयाँ र तोरीको साग ४० देखि ५० रुपैयाँमा बिक्री हुँदैछ । च्याउतर्फ कन्य च्याउ २५० देखि २८० रुपैयाँ, डल्ले च्याउ ३०० देखि ३५० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ । कुरीलो २५० देखि ३०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली ३० देखि ४० रुपैयाँ, चुकुन्दर ६० देखि ८० रुपैयाँ र रातो बन्दा ४० देखि ५० रुपैयाँमा पाइन्छ ।

त्यसैगरी, जिरीको साग ८० देखि ९० रुपैयाँ, सेलरी १४० देखि १६० रुपैयाँ, पार्सले ३०० देखि ३५० रुपैयाँ, सौफको साग ५० देखि ६० रुपैयाँ र पुदीना १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ । गान्टे मूला ५० देखि ६० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा उपलब्ध छ ।

फलफूलतर्फ फुजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रति दर्जन २०० देखि २५० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँ तोकिएको छ । कागती १४० देखि १७० रुपैयाँ, अनार ४२० देखि ४५० रुपैयाँ, मालदह आँप ९० देखि १०० रुपैयाँ र दसहरी आँप ११० देखि १२० रुपैयाँमा पाइन्छ । हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, जुनार २०० देखि २३० रुपैयाँ, भुई कटहर प्रति गोटा १८० देखि २०० रुपैयाँ र रुख कटहर ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ । चाइनिज नासपाती २३० देखि २५० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा १०० देखि १२० रुपैयाँ, लोकल लीच्ची २०० देखि २५० रुपैयाँ र भारतीय लीच्ची ३०० देखि ३५० रुपैयाँमा उपलब्ध छ । काँचो नरिवल ६० देखि ७० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँ तोकिएको छ ।

अदुवा १५० देखि १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ, लाम्चो हरियो खुर्सानी २५ देखि ३५ रुपैयाँ, बुलेट हरियो खुर्सानी १५ देखि २५ रुपैयाँ, माछे हरियो खुर्सानी ४० देखि ५० रुपैयाँ र अकबरे हरियो खुर्सानी २०० देखि २५० रुपैयाँमा पाइन्छ । भेडे खुर्सानी ६० देखि ८० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ, हरियो धनिया ७५ देखि १०० रुपैयाँ, सुकेको चाइनिज लसुन १८० देखि २०० रुपैयाँ र नेपाली सुकेको लसुन १५० देखि १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, माछातर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २८० देखि ३०० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?