आजको तरकारी र फलफूलको मूल्यसूची: जान्नुहोस् कुन वस्तुको मूल्य कति छ ?
काठमाडौँ, ३० असार ।
समितिको विवरण अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी २८ रूपैयाँ र अधिकतम मूल्य ४० रूपैयाँ तोकिएको छ । लोकल सानो गोलभेडा न्यूनतम ५ रूपैयाँदेखि अधिकतम ८ रूपैयाँसम्ममा कारोबार भइरहेको छ भने टनेलको सानो गोलभेडा न्यूनतम १० रूपैयाँदेखि अधिकतम १८ रूपैयाँसम्म बिक्री भइरहेको छ ।
आलुतर्फ रातो आलु (लाम्चो र गोलो दुवै) को मूल्य न्यूनतम ४५ रूपैयाँ र अधिकतम ५० रूपैयाँ कायम गरिएको छ । मुडेको रातो आलुको मूल्य न्यूनतम ४५ देखि अधिकतम ४८ रूपैयाँसम्म रहेको छ भने भारतीय रातो आलु न्यूनतम २७ देखि अधिकतम ३० रूपैयाँ र सेतो आलु न्यूनतम ३० देखि अधिकतम ३२ रूपैयाँमा उपलब्ध छ ।
त्यसैगरी, भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ५२ देखि अधिकतम ५५ रूपैयाँ तोकिएको छ । तराईको गाजर न्यूनतम ७० देखि अधिकतम ८० रूपैयाँमा पाइँदा लोकल गाजर भने न्यूनतम १०० देखि अधिकतम १२० रूपैयाँमा बिक्री भइरहेको छ । लोकल बन्दा न्यूनतम ३० देखि ४० रूपैयाँ र स्थानीय काउली न्यूनतम ७० देखि ८० रूपैयाँसम्म पुगेको छ ।
काँक्रोतर्फ लोकल र लोकल क्रसको मूल्य न्यूनतम ७० देखि ८०-९० रूपैयाँसम्म रहेको छ भने हाइब्रिड काँक्रो न्यूनतम २० देखि ३० रूपैयाँमा पाइने समितिले जनाएको छ ।
यसैगरी, रातो मूलाको मूल्य न्यूनतम ३० देखि ३५ रूपैयाँ र हाइब्रिड सेतो मूलाको न्यूनतम १५ देखि २५ रूपैयाँ कायम गरिएको छ । लाम्चो भन्टा न्यूनतम २५ देखि ३५ र डल्लो भन्टा न्यूनतम ३५ देखि ४५ रूपैयाँमा कारोबार भइरहेको छ । तने बोडी ५० देखि ६० रूपैयाँ, मकै बोडी ७० देखि ८० रूपैयाँ र घिउ सिमी (लोकल तथा हाइब्रिड) ७० देखि ८० रूपैयाँमा बिक्री भइरहेको छ भने राजमा घिउ सिमीको मूल्य न्यूनतम ९० देखि अधिकतम १०० रूपैयाँ रहेको छ । टाटे सिमी ७० देखि ८० रूपैयाँ र भटमासकोशा १२० देखि १३० रूपैयाँमा उपलब्ध छ ।
त्यसैगरी, तितो करेला र लौका दुवैको मूल्य न्यूनतम ३० देखि अधिकतम ४० रूपैयाँ कायम गरिएको छ । चिचिण्डो २५ देखि ३० रूपैयाँ, घिरौला ३० देखि ४५ रूपैयाँ र झिगूनी ५० देखि ६० रूपैयाँमा पाइन्छ । पाकेको फर्सी ५० देखि ६० रूपैयाँ, हरियो लाम्चो फर्सी ७० देखि ८० र हरियो डल्लो फर्सी ४० देखि ५० रूपैयाँमा बिक्री भइरहेको छ । भिण्डी र स्कूसको मूल्य ४० देखि ५० रूपैयाँ, सखरखण्ड १०० देखि १२० रूपैयाँ र पिंडालू ९० देखि १०० रूपैयाँ पुगेको छ ।
सागसब्जीतर्फ रायोको साग ८० देखि ९० रूपैयाँ, पालूगो साग ९० देखि १०० रूपैयाँ, चमसूरको साग ५० देखि ६० रूपैयाँ र तोरीको साग ४० देखि ५० रूपैयाँमा कारोबार भइरहेको छ । हरियो प्याज ८० देखि १०० रूपैयाँ र जिरीको साग ८० देखि ९० रूपैयाँमा बिक्री भइरहेको छ ।
च्याउतर्फ कन्य च्याउ २४० देखि २८०, डल्ले च्याउ ४०० देखि ४५०, राजा च्याउ २८० देखि ३०० र सिताके च्याउ ८०० देखि १००० रूपैयाँसम्म पुगेको छ । कुरिलो २५० देखि ३००, न्यूरो ९० देखि १०० र चुकुन्दर ६० देखि ७० रूपैयाँमा उपलब्ध छ ।
यसैगरी, सेलरी र पुदीनाको मूल्य न्यूनतम १८० देखि २०० रूपैयाँ, पार्सले ३०० देखि ३५० र सौफको साग ५० देखि ६० रूपैयाँमा बिक्री भइरहेको छ । इमली १६० देखि १८०, तामा १४० देखि १५०, तोफु १५० देखि १६० र गुन्दुक ३०० देखि ३५० रूपैयाँसम्म पुगेको छ ।
फलफूलतर्फ फूजी स्याउ २८० देखि ३०० रूपैयाँ, नेपाली केरा २०० देखि २५० (प्रतिदर्जन), मालभोग केरा १८० देखि २०० र कागती १४० देखि १६० रूपैयाँमा पाइन्छ । अनारको मूल्य ४५० देखि ५०० रूपैयाँ रहेको छ भने मालदह आँप १४० देखि १५० र दसहरी आँप १५० देखि १६० रूपैयाँमा बिक्री भइरहेको छ । तरबुजा ६० देखि ७०, जुनार २७० देखि ३०० र भुई कटहर प्रति गोटा १८० देखि २०० रूपैयाँ तोकिएको छ । रुख कटहर ४० देखि ५०, नेपाली मेवा ८० देखि ९० र भारतीय मेवा १०० देखि १२० रूपैयाँमा उपलब्ध छ ।
त्यसैगरी, अदुवा १५० देखि २०० रूपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५०० रूपैयाँ र हरियो खुर्सानी (लाम्चो) ७० देखि ८० रूपैयाँमा पाइन्छ । अकबरे खुर्सानी २०० देखि २५० रूपैयाँ, हरियो धनिया १५० देखि ३०० रूपैयाँ र सुकेको चाइनिज लसुन २०० देखि २२० रूपैयाँ पुगेको छ ।
माछातर्फ सुकेको माछा ८०० देखि १००० रूपैयाँ र ताजा माछा (रहु) ३२० देखि ३४० रूपैयाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
