माछा, फलफूल र तरकारीको आजको भाउ कति ? हेर्नुहोस् पूर्ण सूची

काठमाडौँ, १९ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको विवरण अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँ तोकिएको छ । यस्तै भारतीय ठूलो गोलभेडा न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँ र सानो टनेल गोलभेडा १९ देखि ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलुको मूल्यतर्फ रातो आलु (लाम्चो) न्यूनतम ४८ देखि अधिकतम ५१ रुपैयाँ, रातो आलु (गोलो र मुडे) न्यूनतम ४८ देखि अधिकतम ५२ रुपैयाँ कायम गरिएको छ । भारतीय रातो आलु ३५ देखि ३७ रुपैयाँ र सेतो आलु ३० देखि ३५ रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, भारतीय सुकेको प्याज प्रतिकेजी ५४ देखि ५७ रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी ,लोकल गाजरको मूल्य न्यूनतम १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँ रहेको छ । लोकल बन्दा ३० देखि ४० रुपैयाँ, स्थानीय काउली ९० देखि १०० रुपैयाँ र लोकल काक्रो ३० देखि ४० रुपैयाँमा थोक बिक्री भइरहेको छ । हाइब्रीड काक्रो भने १० देखि १५ रुपैयाँ र लोकलक्रस काक्रो २५ देखि ३५ रुपैयाँमा पाइनेछ ।

यसैगरी रातो मूला २० देखि ३० रुपैयाँ, हाइब्रीड सेतो मूला १० देखि १५ रुपैयाँ, लाम्चो भन्टा ३० देखि ४० रुपैयाँ र डल्लो भन्टा ४० देखि ५० रुपैयाँ तोकिएको छ । तने बोडी ४० देखि ५० रुपैयाँ र मकै बोडी ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ । लोकल र हाइब्रीड घिउ सिमी ७० देखि ८० रुपैयाँ, टाटे सिमी १०० देखि १२० रुपैयाँ र भटमासकोशा ८० देखि १०० रुपैयाँमा बिक्री भइरहेको छ ।

समितिका अनुसार तितो करेला, लौका, हरियो फर्सी (डल्लो), भिण्डी र स्कूसको न्यूनतम मूल्य ४० र अधिकतम ५० रुपैयाँ तोकिएको छ । लोकल र तराईको परवर ५० देखि ६० रुपैयाँ, चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला ३० देखि ४० रुपैयाँ र झिगूनी ६० देखि ७० रुपैयाँमा उपलब्ध छ । पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ र पिंडालू ९० देखि १०० रुपैयाँमा पाइन्छ ।

सागसब्जी तर्फ रायोको साग १५० देखि २०० रुपैयाँ, पालुङ्गो साग २५० देखि ३०० रुपैयाँ, तोरीको साग १०० देखि १५० रुपैयाँ र हरियो प्याज १५० देखि २०० रुपैयाँ कायम गरिएको छ । यस्तै कन्य च्याउ २२० देखि २५० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म तोकिएको छ । कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली ११० देखि १३० रुपैयाँ र चुकुन्दर ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

यसैगरी सजिवन २५० देखि ३०० रुपैयाँ, रातो बन्दा ३० देखि ४० रुपैयाँ, जिरीको साग ५०० देखि ६०० रुपैयाँ, सेलरी १८० देखि २०० रुपैयाँ, पार्सले ४०० देखि ५०० रुपैयाँ, सौफको साग १५० देखि २०० रुपैयाँ, पुदीना ४०० देखि ५०० रुपैयाँ र गान्टे मूला १५० देखि २०० रुपैयाँमा पाइनेछ । इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ तथा गुन्दुक ३०० देखि ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

फलफूलतर्फ फूजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० देखि ३०० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँ तोकिएको छ । कागती १६० देखि २०० रुपैयाँ, अनार ४५० देखि ५०० रुपैयाँ, मालदह आँप २०० देखि २२० रुपैयाँ, चोसा आँप १८० देखि २०० रुपैयाँ र हरियो तरबुजा ३० देखि ७० रुपैयाँमा उपलब्ध छ । जुनार २७० देखि ३०० रुपैयाँ, भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ र रुख कटहर ४० देखि ५० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी लोकल नासपाती र नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा १०० देखि १२० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, आभोकाडो ४०० देखि ५०० रुपैयाँ र अमला २४० देखि २८० रुपैयाँ तोकिएको छ । काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ३५० देखि ४०० रुपैयाँमा बिक्री भइरहेको छ ।

अदुवा २०० देखि २३० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी १०० देखि १२० रुपैयाँ, हरियो माछे खुर्सानी ७० देखि ९० रुपैयाँ र हरियो अकबरे खुर्सानी १५० देखि २०० रुपैयाँ तोकिएको छ । भेडे खुर्सानी १०० देखि १२० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ, हरियो धनिया ३०० देखि ३५० रुपैयाँ, चाइनिज सुकेको लसुन २०० देखि २४० रुपैयाँ, नेपाली सुकेको लसुन र सुकेको छ्यापी १८० देखि २०० रुपैयाँमा पाइन्छ ।

अन्त्यमा माछाको मूल्य हेर्दा सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ तथा बचुवा र छडी माछा २८० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?