कालिमाटी बजारमा कृषि उपजको मूल्य सार्वजनिक, कुन तरकारी र फलफूलको मूल्य कति ?
काठमाडौँ, २४ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।
समितिको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो नेपाली र भारतीय दुवैको मूल्य प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म रहेको छ। यस्तै, सानो लोकल गोलभेँडा ४० देखि ५० रुपैयाँ, टनेल गोलभेँडा ५२ देखि ७० रुपैयाँसम्म रहेको छ।
आलुतर्फ रातो लाम्चो आलु प्रतिकिलो ५० देखि ५४ रुपैयाँ, रातो गोलो र रातो मुडे आलु ४८ देखि ५३ रुपैयाँ तथा भारतीय रातो आलु ४० देखि ४५ रुपैयाँसम्म रहेको छ। सेतो आलुको मूल्य ३५ देखि ४० रुपैयाँसम्म कायम छ।
प्याज सुकेको भारतीय प्रतिकिलो ९३ देखि ९८ रुपैयाँ रहेको छ। गाजर लोकल १०० देखि १२० रुपैयाँ तथा तराईको गाजर ७० देखि ८० रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
यसैगरी, बन्दा लोकल प्रतिकिलो २० देखि ३० रुपैयाँ, स्थानीय काउली ८० देखि १०० रुपैयाँ, लोकल काक्रो ४० देखि ६० रुपैयाँ, हाइब्रिड काक्रो २० देखि ३० रुपैयाँ र लोकलक्रस काक्रो ४० देखि ६० रुपैयाँसम्म रहेको छ।
रातो मूला २० देखि ३० रुपैयाँ, सेतो हाइब्रिड मूला २५ देखि ३५ रुपैयाँ, लाम्चो भन्टा १० देखि २० रुपैयाँ र डल्लो भन्टा ३० देखि ४० रुपैयाँसम्म रहेको छ।
बोडी (तने) प्रतिकिलो ७० देखि ८० रुपैयाँ, मकै बोडी १०० देखि १२० रुपैयाँ, लोकल घिउ सिमी ८० देखि १०० रुपैयाँ र हाइब्रिड घिउ सिमी पनि ८० देखि १०० रुपैयाँसम्म रहेको छ। टाटे सिमी ७० देखि ८० रुपैयाँ तथा भटमासकोशा ८० देखि १०० रुपैयाँसम्म रहेको छ।
त्यस्तै, तितो करेला प्रतिकिलो ४० देखि ६० रुपैयाँ, लौका ४० देखि ६० रुपैयाँ, लोकल परवर ७० देखि ८० रुपैयाँ, तराई परवर ७० देखि ८० रुपैयाँ, चिचिण्डो १५ देखि २५ रुपैयाँ र घिरौला २० देखि ३० रुपैयाँसम्म रहेको छ।
झिगूनी प्रतिकिलो ६० देखि ७० रुपैयाँ, पाकेको फर्सी ६० देखि ७० रुपैयाँ, हरियो फर्सी डल्लो ३० देखि ४० रुपैयाँ र भिण्डी ४० देखि ५० रुपैयाँसम्म रहेको छ।
सखरखण्ड प्रतिकिलो १०० देखि १२० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ, स्कूस १५ देखि २५ रुपैयाँ, रायोको साग ५० देखि ८० रुपैयाँ, पालुङ्गो साग १५० देखि २०० रुपैयाँ र तोरीको साग ८० देखि १०० रुपैयाँसम्म रहेको छ।
हरियो प्याज प्रतिकिलो १०० देखि १५० रुपैयाँ तथा विभिन्न प्रकारका सागसब्जीमा समेत मूल्यमा फरक देखिएको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २०० देखि २५० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ तथा सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ।
कुरीलो प्रतिकिलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १२० देखि १६० रुपैयाँ र चुकुन्दर ६० देखि ७० रुपैयाँसम्म रहेको छ।
सजिवन प्रतिकिलो २०० देखि २५० रुपैयाँ, रातो बन्दा ५० देखि ६० रुपैयाँ, जिरीको साग १०० देखि १५० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले १ हजार ६०० देखि १ हजार ८०० रुपैयाँ र सौँफको साग १०० देखि १५० रुपैयाँसम्म रहेको छ।
पुदीना प्रतिकिलो ६०० देखि ७०० रुपैयाँ, गान्टे मूला १०० देखि १५० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ तथा गुन्द्रुक ३०० देखि ३५० रुपैयाँसम्म रहेको छ।
रुख टमाटर प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० देखि ४०० रुपैयाँ, जुम्लाको स्याउ ३६५ देखि ४०० रुपैयाँ र मुस्ताङको स्याउ १३५ देखि १६० रुपैयाँसम्म रहेको छ।
नेपाली केरा दर्जनको १५० देखि २०० रुपैयाँ तथा मालभोग केरा दर्जनको १०० देखि १५० रुपैयाँसम्म रहेको छ।
कागती प्रतिकिलो ३५० देखि ४०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ, हरियो तरबुजा ५० देखि ६० रुपैयाँ, मौसम १०० देखि १५० रुपैयाँ र जुनार १५० देखि २०० रुपैयाँसम्म रहेको छ।
भुईँकटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ तथा रुख कटहर प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्म रहेको छ।
लोकल नासपाती प्रतिकिलो ९० देखि १०० रुपैयाँ, चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ, नेपाली मेवा ७० देखि ८० रुपैयाँ र भारतीय मेवा १०० देखि १२० रुपैयाँसम्म रहेको छ।
अम्बा प्रतिकिलो १५० देखि २०० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, शरीफा २०० देखि २५० रुपैयाँ र एभोकाडो २५० देखि ३०० रुपैयाँसम्म रहेको छ।
अमला प्रतिकिलो १५० देखि २०० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँसम्म रहेको छ।
अदुवा प्रतिकिलो २०० देखि २३० रुपैयाँ रहेको छ। सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ६० देखि ७० रुपैयाँ, हरियो बुलेट खुर्सानी ६० देखि ७० रुपैयाँ र हरियो माछे खुर्सानी ४० देखि ६० रुपैयाँसम्म रहेको छ।
अकबरे खुर्सानी प्रतिकिलो १५० देखि २०० रुपैयाँ तथा भेडे खुर्सानी ४० देखि ६० रुपैयाँसम्म रहेको छ।
हरियो लसुन प्रतिकिलो १५० देखि २०० रुपैयाँ, हरियो धनिया ८० देखि १३० रुपैयाँ, सुकेको चाइनिज लसुन २२० देखि २६० रुपैयाँ तथा सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँसम्म रहेको छ।
छ्यापी सुकेको प्रतिकिलो १८० देखि २०० रुपैयाँ तथा छ्यापी हरियो १५० देखि २०० रुपैयाँसम्म रहेको छ।
माछातर्फ, सुकेको माछा प्रतिकिलो ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ। रहु प्रतिकिलो ३४० देखि ३७० रुपैयाँ, बचुवा ३०० देखि ३४० रुपैयाँ तथा छडी माछा ३२० देखि ३५० रुपैयाँसम्म रहेको छ।
