कालिमाटी बजारमा आज कुन कृषि उपजको भाउ कति ? हेर्नुहोस् पूरा मूल्यसूची

काठमाडौँ, २६ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार, ठूलो नेपाली गोलभेडा प्रतिकेजी न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँमा कारोबार भएको छ। ठूलो भारतीय गोलभेडाको मूल्य ८० देखि ९० रुपैयाँ तथा सानो लोकल गोलभेडाको मूल्य ३५ देखि ४० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ। त्यस्तै, टनेलको सानो गोलभेडा ४८ देखि ६५ रुपैयाँ प्रतिकेजी रहेको छ।

आलुतर्फ रातो लाम्चो आलु प्रतिकेजी ५२ देखि ५५ रुपैयाँ, रातो गोलो आलु ४८ देखि ५३ रुपैयाँ र रातो मुडे आलु पनि ४८ देखि ५३ रुपैयाँमा रहेको समितिले जनाएको छ। भारतीय रातो आलु ४० देखि ४५ रुपैयाँ तथा सेतो आलु ३५ देखि ४० रुपैयाँ प्रतिकेजी रहेको छ।

त्यसैगरी, सुकेको भारतीय प्याज प्रतिकेजी ९३ देखि ९७ रुपैयाँमा कारोबार भएको छ। लोकल गाजरको मूल्य १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ। लोकल बन्दा २० देखि ३० रुपैयाँ तथा स्थानीय काउली ९० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

काक्रोतर्फ लोकल काक्रो ५० देखि ६० रुपैयाँ, हाइब्रीड काक्रो २० देखि ६० रुपैयाँ र लोकलक्रस काक्रो ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ। रातो मूला २० देखि ३० रुपैयाँ तथा सेतो हाइब्रीड मूला २५ देखि ३५ रुपैयाँ प्रतिकेजीमा कारोबार भएको छ।

लाम्चो भन्टा प्रतिकेजी १० देखि २० रुपैयाँ तथा डल्लो भन्टा ३० देखि ४० रुपैयाँ रहेको छ। तने बोडी ६० देखि ८० रुपैयाँ र मकै बोडी १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ।

घिउ सिमीमा पनि किसिमअनुसार मूल्य फरक रहेको छ। समितिका अनुसार लोकल घिउ सिमी ९० देखि १०० रुपैयाँ र हाइब्रीड घिउ सिमी १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ। टाटे सिमी ८० देखि ९० रुपैयाँ तथा भटमासकोशा १०० देखि १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भएको छ।

यसैगरी, तितो करेला ६० देखि ७० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ, लोकल तथा तराई परवर ६० देखि ७० रुपैयाँ प्रतिकेजी रहेको छ। चिचिण्डोको मूल्य १५ देखि २५ रुपैयाँ तथा घिरौला ४० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ। झिगूनी ७० देखि ८० रुपैयाँ, पाकेको फर्सी ६० देखि ७० रुपैयाँ तथा हरियो डल्लो फर्सी ३० देखि ४० रुपैयाँ प्रतिकेजी रहेको छ।

भिण्डी प्रतिकेजी ५० देखि ६० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ तथा स्कूस १५ देखि २५ रुपैयाँमा कारोबार भएको छ।

सागपाततर्फ, रायो साग प्रतिकेजी ५० देखि १०० रुपैयाँ, पालुङ्गो साग १५० देखि २०० रुपैयाँ तथा तोरीको साग ८० देखि १०० रुपैयाँ रहेको छ। हरियो प्याज १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ।

च्याउतर्फ कन्य च्याउ प्रतिकेजी १८० देखि २३० रुपैयाँ, डल्ले च्याउ ५५० देखि ६०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ तथा सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँ प्रतिकेजी रहेको छ।

यसैगरी, कुरीलो प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ तथा न्यूरो ९० देखि १०० रुपैयाँ रहेको छ। ब्रोकाउली १५० देखि १८० रुपैयाँ र चुकुन्दर ६० देखि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भएको छ। सजिवन २०० देखि २५० रुपैयाँ तथा रातो बन्दा ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।

जिरीको साग ८० देखि १५० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले १६० देखि १ हजार ८०० रुपैयाँ, सौँफको साग १०० देखि १५० रुपैयाँ तथा पुदीना ६०० देखि ७०० रुपैयाँ प्रतिकेजी रहेको छ। गान्टे मूला १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

इमली प्रतिकेजी १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ तथा गुन्द्रुक ३०० देखि ३५० रुपैयाँ रहेको छ। रुख टमाटरको मूल्य १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकेजी ३५० देखि ४०० रुपैयाँ, जुम्लाको स्याउ ३६५ देखि ४०० रुपैयाँ तथा मुस्ताङको स्याउ १३० देखि १६० रुपैयाँ रहेको छ।

केरातर्फ नेपाली केरा प्रतिदर्जन १५० देखि २०० रुपैयाँ तथा मालभोग केरा १०० देखि १५० रुपैयाँ रहेको छ। कागती ३५० देखि ४०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ तथा हरियो तरबुजा ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।

मौसम १०० देखि १५० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ तथा भुईँकटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ रहेको छ। रुख कटहर प्रतिकेजी ४० देखि ५० रुपैयाँमा कारोबार भएको छ।

लोकल नासपाती ९० देखि १०० रुपैयाँ तथा चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ प्रतिकेजी रहेको छ। नेपाली मेवा ८० देखि ९० रुपैयाँ तथा भारतीय मेवा १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ।

अम्बाको मूल्य १५० देखि २०० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ तथा किवी ३५० देखि ४०० रुपैयाँ प्रतिकेजी रहेको छ। शरीफा २०० देखि २५० रुपैयाँ, आभोकाडो २५० देखि ३०० रुपैयाँ तथा अमला १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ।

काँचो नरिवल ६० देखि ८० रुपैयाँ तथा हरियो नरिवल १५० देखि १७० रुपैयाँ प्रतिकेजी रहेको छ। नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँ प्रतिकेजीमा कारोबार भएको छ।

अदुवा प्रतिकेजी २०० देखि २३० रुपैयाँ रहेको छ। सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ प्रतिकेजी रहेको छ।

हरियो खुर्सानीमा लाम्चो, बुलेट र माछे खुर्सानीको मूल्य समान अर्थात् प्रतिजे ६० देखि ७० रुपैयाँ रहेको छ। अकबरे खुर्सानी भने १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ। भेडे खुर्सानी ६० देखि ७० रुपैयाँ प्रतिकेजी रहेको छ।

हरियो लसुन १५० देखि २२० रुपैयाँ, हरियो धनियाँ १५० देखि २०० रुपैयाँ तथा सुकेको चिनियाँ लसुन २२० देखि २६० रुपैयाँ प्रतिकेजी रहेको छ। सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँ प्रतिकेजीमा कारोबार भएको छ। सुकेको छ्यापी प्रतिकेजी १८० देखि २०० रुपैयाँ तथा हरियो छ्यापी १८० देखि २०० रुपैयाँ रहेको समितिले जनाएको छ।

माछातर्फ सुकेको माछा प्रतिकेजी ८०० देखि १ हजार रुपैयाँ रहेको छ। ताजा माछामध्ये रहु ३४० देखि ३७० रुपैयाँ, बचुवा ३०० देखि ३४० रुपैयाँ तथा छडी माछा ३२० देखि ३५० रुपैयाँ प्रतिकेजी रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?