कालिमाटीमा तरकारीदेखि फलफूलसम्मको मूल्य सार्वजनिक, कुन कृषि उपजको कति ?
काठमाडौँ, ३० भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार मंगलबार गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी न्यूनतम रु ७० देखि अधिकतम रु ८०, गोलभेँडा ठूलो (भारतीय) रु ८० देखि ९० तथा गोलभेँडा सानो (लोकल) रु ४० देखि ५० रहेको छ। यसैगरी, गोलभेँडा सानो (टनेल) रु ५२ देखि ७० र गोलभेँडा सानो (भारतीय) रु ५० देखि ६० प्रतिकेजी रहेको समितिले जनाएको छ।
आलुतर्फ आलु रातो (लाम्चो) प्रतिकेजी रु ५२ देखि ५५, रातो आलु (गोलो) रु ४८ देखि ५३, आलु रातो (मुडे) रु ४८ देखि ५३ तथा आलु रातो (भारतीय) रु ४५ देखि ४८ रहेको छ। त्यसैगरी, सुकेको भारतीय प्याज प्रतिकेजी रु ८८ देखि ९३ मा कारोबार भइरहेको छ।
गाजर (लोकल) प्रतिकेजी रु १०० देखि १२० र गाजर (तराई) रु ८० देखि ९० रहेको छ। बन्दा (लोकल) रु ३० देखि ४०, काउली स्थानीय रु १०० देखि ११०, काक्रो (लोकल) रु ५० देखि ७०, काक्रो (हाइब्रिड) रु २५ देखि ४० तथा काक्रो (लोकलक्रस) रु ७० देखि ८० रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
रातो मूला प्रतिकेजी रु ३० देखि ४० र सेतो मूला (हाइब्रिड) रु ४० देखि ५० रहेको छ। भन्टा लाम्चो रु २५ देखि ३५ तथा भन्टा डल्लो रु ४० देखि ५० प्रतिकेजी रहेको छ।
बोडी (तने) प्रतिकेजी रु ६० देखि ८०, मकै बोडी रु १०० देखि १२०, घिउ सिमी (लोकल) रु ९० देखि १००, घिउ सिमी (हाइब्रिड) रु ९० देखि १०० तथा टाटे सिमी रु ८० देखि ९० रहेको छ। त्यसैगरी, भटमासकोशा रु १०० देखि १२०, तितो करेला रु ६० देखि ७० र लौका रु ५० देखि ६० प्रतिकेजी रहेको छ।
यसैगरी, परवर (लोकल) र परवर (तराई) दुवैको मूल्य प्रतिकेजी रु ६० देखि ७० रहेको छ। चिचिण्डो रु २० देखि ३०, घिरौला रु ४० देखि ६० तथा झिगूनी रु ५० देखि ६० रहेको छ। फर्सी पाकेको रु ६० देखि ७०, फर्सी हरियो (लाम्चो) रु ८० देखि ९० तथा हरियो फर्सी (डल्लो) रु ३० देखि ४० प्रतिकेजी रहेको छ।भिण्डी प्रतिकेजी रु ४० देखि ५०, पिंडालू रु ६० देखि ७० र स्कूस रु १० देखि २० रहेको छ।
सागसब्जीतर्फ रायो साग प्रतिकेजी रु ८० देखि १२०, पालुङ्गो साग रु १५० देखि २००, तोरीको साग रु ८० देखि १०० तथा हरियो प्याज रु १५० देखि २०० रहेको समितिले जनाएको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकेजी रु २०० देखि २३०, डल्ले च्याउ रु ५०० देखि ५५०, राजा च्याउ रु ३०० देखि ३३० तथा सिताके च्याउ रु ८०० देखि १ हजारसम्म रहेको छ। यसैगरी, कुरीलो प्रतिकेजी रु ४०० देखि ५००, न्यूरो रु ९० देखि १०० तथा ब्रोकाउली रु १८० देखि २०० रहेको छ।
चुकुन्दर प्रतिकेजी रु ६० देखि ७० र सजिवन रु २०० देखि २५० रहेको छ। रातो बन्दा रु ५० देखि ६०, जिरीको साग रु १०० देखि १५०, सेलरी रु ४०० देखि ५०० तथा पार्सले प्रतिकेजी रु १ हजार ८०० देखि २ हजारसम्म रहेको छ।
सौफको साग प्रतिकेजी रु १०० देखि १५०, पुदीना रु ६०० देखि ७०० तथा गान्टे मूला रु १०० देखि १५० रहेको छ। इमली प्रतिकेजी रु १६० देखि १८०, तामा रु १४० देखि १६०, तोफु रु १४० देखि १६० तथा गुन्द्रुक रु ३०० देखि ३५० रहेको समितिको मूल्यसूचीमा उल्लेख छ। रुख टमाटर प्रतिकेजी रु १०० देखि १५० रहेको छ।
फलफूलतर्फ स्याउ (फूजी) प्रतिकेजी रु ३५० देखि ४००, स्याउ (जुम्ला) रु २५० देखि ३५० तथा स्याउ (मुस्ताङ) रु १३० देखि १६० रहेको छ। नेपाली केरा दर्जनको रु १५० देखि २०० तथा मालभोग केरा दर्जनको रु १०० देखि १५० रहेको छ।
कागती प्रतिकेजी रु ३५० देखि ४००, अनार रु २५० देखि ३०० तथा हरियो तरबुजा रु ६० देखि ७० रहेको छ। मौसम रु १०० देखि १५०, जुनार रु १५० देखि २०० तथा भुईँकटहर प्रतिगोटा रु १८० देखि २०० रहेको छ।
यसैगरी, रुख कटहर प्रतिकेजी रु ४० देखि ५०, निबुवा रु ५० देखि ६०, नासपाती (लोकल) रु ९० देखि १०० तथा नासपाती (चाइनिज) रु २०० देखि २५० रहेको छ। मेवा (नेपाली) प्रतिकेजी रु ७० देखि ८० तथा मेवा (भारतीय) रु १०० देखि १२० रहेको छ।
अम्बा प्रतिकेजी रु १५० देखि २००, लप्सी रु ५० देखि ६०, किवी रु ३५० देखि ४०० तथा शरीफा रु २०० देखि २५० रहेको छ। आभोकाडो रु २५० देखि ३५०, अमला रु १५० देखि २०० तथा काँचो नरिवल रु ६० देखि ८० प्रतिकेजी रहेको समितिले जनाएको छ।हरियो नरिवल प्रतिकेजी रु १५० देखि १७० तथा नेपाली ड्रागन फ्रुट रु ४०० देखि ५०० रहेको छ।
त्यसैगरी, अदुवा प्रतिकेजी रु २०० देखि २३० रहेको छ। सुकेको खुर्सानी रु ५०० देखि ५५०, हरियो खुर्सानी (लाम्चो) रु ६० देखि ७०, हरियो खुर्सानी (बुलेट) रु ६० देखि ७०, हरियो खुर्सानी (माछे) रु ७० देखि ८० तथा हरियो खुर्सानी (अकबरे) रु १५० देखि २०० रहेको छ।
भेडे खुर्सानी प्रतिकेजी रु ५० देखि ६०, हरियो लसुन रु २५० देखि ३०० तथा हरियो धनियाँ रु १०० देखि १५० रहेको छ। सुकेको चाइनिज लसुन रु २२० देखि २६० तथा सुकेको नेपाली लसुन रु २०० देखि २३० प्रतिकेजी रहेको समितिले जनाएको छ। सुकेको छ्यापी प्रतिकेजी रु १८० देखि २०० तथा हरियो छ्यापी रु १८० देखि २०० रहेको छ।
माछातर्फ सुकेको माछा प्रतिकेजी रु ८०० देखि १ हजार रहेको छ। ताजा माछामध्ये रहु प्रतिकेजी रु ३४० देखि ३७०, बचुवा रु ३०० देखि ३४० तथा छडी रु ३२० देखि ३५० रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
