कालिमाटी बजारमा आजको कृषि उपजको मूल्य सार्वजनिक, कुन तरकारीको कति ?
काठमाडौँ, ३१ भदौ ।
समितिका अनुसार गोलभेडा ठूलो नेपाली प्रतिकेजी न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म छ भने भारतीय ठूलो गोलभेडा ८० देखि ९० रुपैयाँसम्म रहेको छ। त्यसैगरी गोलभेडा सानो लोकल ४० देखि ५० रुपैयाँ, टनेलको सानो गोलभेडा ५२ देखि ७० रुपैयाँ र भारतीय सानो गोलभेडा ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।
आलुतर्फ रातो लाम्चो आलु प्रतिकेजी ५२ देखि ५५ रुपैयाँ, रातो गोलो आलु ४८ देखि ५३ रुपैयाँ, रातो मुडे आलु ४८ देखि ५३ रुपैयाँ र भारतीय रातो आलु ४५ देखि ४८ रुपैयाँसम्म रहेको समितिले जनाएको छ। सुकेको भारतीय प्याज प्रतिकेजी ८८ देखि ९३ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, लोकल गाजर प्रतिकेजी १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ९० रुपैयाँ रहेको छ। लोकल बन्दा ३० देखि ४० रुपैयाँ तथा स्थानीय काउली १०० देखि १२० रुपैयाँसम्म रहेको छ।
लोकल काक्रो प्रतिकेजी ६० देखि ७० रुपैयाँ, हाइब्रीड काक्रो २५ देखि ३५ रुपैयाँ र लोकलक्रस काक्रो ७० देखि ८० रुपैयाँ रहेको छ। रातो मूला ३० देखि ४० रुपैयाँ र सेतो हाइब्रीड मूला ४० देखि ५० रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
लाम्चो भन्टा प्रतिकेजी २५ देखि ३५ रुपैयाँ र डल्लो भन्टा ४० देखि ५० रुपैयाँ रहेको छ। बोडी तने ६० देखि ७० रुपैयाँ र मकै बोडी १०० देखि १२० रुपैयाँसम्म रहेको छ।
त्यसैगरी लोकल घिउ सिमी र हाइब्रीड घिउ सिमी दुवै प्रतिकेजी ८० देखि ९० रुपैयाँ, टाटे सिमी ७० देखि ८० रुपैयाँ र भटमासकोशा १०० देखि १२० रुपैयाँसम्म रहेको छ। तितो करेला ६० देखि ७० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ तथा लोकल र तराईको परवर दुवै ७० देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ।
त्यस्तै, चिचिण्डो प्रतिकेजी २० देखि ३० रुपैयाँ, घिरौला ४० देखि ५० रुपैयाँ, झिगूनी ५० देखि ६० रुपैयाँ, पाकेको फर्सी ६० देखि ७० रुपैयाँ, हरियो लाम्चो फर्सी ८० देखि ९० रुपैयाँ र हरियो डल्लो फर्सी ३० देखि ४० रुपैयाँ रहेको छ। भिण्डी प्रतिकेजी ४० देखि ५० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ र स्कूस १० देखि २० रुपैयाँसम्म रहेको समितिले जनाएको छ।
सागसब्जीतर्फ रायो साग प्रतिकेजी ५० देखि १२० रुपैयाँ, पालुङ्गो साग १५० देखि २०० रुपैयाँ र तोरीको साग ८० देखि १०० रुपैयाँ रहेको छ। हरियो प्याज १५० देखि २०० रुपैयाँ, जिरीको साग १०० देखि १५० रुपैयाँ र सौफको साग १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकेजी १८० देखि २२० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ। कुरीलो प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ र ब्रोकाउली १८० देखि २०० रुपैयाँ रहेको छ।
त्यसैगरी चुकुन्दर प्रतिकेजी ६० देखि ७० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ, रातो बन्दा ५० देखि ६० रुपैयाँ र सेलरी ४०० देखि ५०० रुपैयाँसम्म रहेको छ। पार्सले प्रतिकेजी १ हजार ८०० देखि २ हजार रुपैयाँ तथा पुदीना ६०० देखि ७०० रुपैयाँ रहेको छ। गान्टे मूला १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ।
इमली प्रतिकेजी १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँ रहेको छ। रुख टमाटर प्रतिकेजी १०० देखि १५० रुपैयाँमा कारोबार भइरहेको छ।
फलफूलतर्फ फूजी स्याउ प्रतिकेजी ३५० देखि ४०० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ र मुस्ताङको स्याउ १३० देखि १६० रुपैयाँ रहेको छ। नेपाली केरा दर्जनको १५० देखि २०० रुपैयाँ र मालभोग केरा १०० देखि १५० रुपैयाँ रहेको छ।
त्यसैगरी कागती प्रतिकेजी ३५० देखि ४०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, मौसम १०० देखि १५० रुपैयाँ र जुनार १५० देखि २०० रुपैयाँसम्म रहेको छ। भुईँकटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ तथा रुख कटहर प्रतिकेजी ४० देखि ८० रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
त्यस्तै निबुवा प्रतिकेजी ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ, चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ, नेपाली मेवा ७० देखि ८० रुपैयाँ र भारतीय मेवा १०० देखि १२० रुपैयाँ रहेको छ।
अम्बा प्रतिकेजी १५० देखि २०० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, शरीफा २०० देखि २५० रुपैयाँ, आभोकाडो २५० देखि ३०० रुपैयाँ र अमला १०० देखि १५० रुपैयाँसम्म रहेको छ।
काँचो नरिवल प्रतिकेजी ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँसम्म रहेको समितिले जनाएको छ।
अदुवा प्रतिकेजी २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ७० देखि ८० रुपैयाँ, बुलेट खुर्सानी ७० देखि ८० रुपैयाँ तथा माछे खुर्सानी ७० देखि ८० रुपैयाँ रहेको छ। अकबरे खुर्सानी प्रतिकेजी १५० देखि २०० रुपैयाँ र भेडे खुर्सानी ५० देखि ६० रुपैयाँ रहेको छ।
त्यस्तै हरियो लसुन प्रतिकेजी २५० देखि ३०० रुपैयाँ, हरियो धनियाँ १०० देखि १८० रुपैयाँ, सुकेको चाइनिज लसुन २२० देखि २६० रुपैयाँ र सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँ रहेको छ। सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ तथा हरियो छ्यापी १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
सुकेको माछा प्रतिकेजी ८०० देखि १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँ प्रतिकेजी रहेको छ।
