हेर्नुहोस् आज कालीमाटीमा माछा, फलफूल र तरकारीको मूल्य कति ? पूर्ण विवरणसहित
काठमाडौँ, ४ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला, सागपात, च्याउ तथा माछालगायत कृषि उपजको न्यूनतम र अधिकतम मूल्य निर्धारण गरिएको छ।
समितिका अनुसार गोलभेँडा ठूलो नेपाली र भारतीय दुवैको मूल्य प्रतिकेजी ६० देखि ७० रुपैयाँ रहेको छ। त्यसैगरी, सानो गोलभेँडा लोकल ३० देखि ४० रुपैयाँ, टनेलको ४० देखि ५५ रुपैयाँ तथा भारतीय ४० देखि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।
आलुतर्फ रातो लाम्चो आलु प्रतिकेजी ५२ देखि ५५ रुपैयाँ, रातो गोलो र रातो मुडे आलु ४८ देखि ५३ रुपैयाँ तथा भारतीय रातो आलु ४५ देखि ४८ रुपैयाँ रहेको छ। सुकेको भारतीय प्याज ८८ देखि ९३ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ।
त्यसैगरी, लोकल गाजर १०० देखि १२० रुपैयाँ र तराईको गाजर ८० देखि ९० रुपैयाँ प्रतिकेजी रहेको छ। बन्दा लोकल ४० देखि ५५ रुपैयाँ तथा स्थानीय काउली ११० देखि १३० रुपैयाँ प्रतिकेजी रहेको छ।
काक्रोतर्फ लोकल काक्रो ४० देखि ५० रुपैयाँ, हाइब्रीड २० देखि ३० रुपैयाँ र लोकलक्रस ४० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ। रातो मूला ४० देखि ५० रुपैयाँ तथा सेतो हाइब्रीड मूला ५० देखि ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।
भन्टाको मूल्य लाम्चो ३० देखि ४० रुपैयाँ र डल्लो ४० देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ। बोडी तने ४० देखि ६० रुपैयाँ तथा मकै बोडी ९० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
घिउ सिमी लोकल र हाइब्रीड दुवैको मूल्य ५० देखि ६० रुपैयाँ तथा टाटे सिमी ७० देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ। भटमासकोशा १०० देखि १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।
तितो करेला ५० देखि ६० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ, परवर लोकल र तराई दुवै ७० देखि ८० रुपैयाँ तथा चिचिण्डो २० देखि ३० रुपैयाँ प्रतिकेजी रहेको छ। घिरौला ३० देखि ४० रुपैयाँ र झिगूनी ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।
फर्सीतर्फ पाकेको फर्सी ६० देखि ७० रुपैयाँ, हरियो लाम्चो फर्सी ८० देखि ९० रुपैयाँ तथा हरियो डल्लो फर्सी ३० देखि ४० रुपैयाँ प्रतिकेजी रहेको छ। भिण्डी ५० देखि ६० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ तथा स्कूस १० देखि २० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।
सागपाततर्फ रायो साग र पालुङ्गो साग दुवै ८० देखि १२० रुपैयाँ, तोरीको साग ५० देखि ८० रुपैयाँ तथा जिरीको साग १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ। हरियो प्याज १५० देखि २०० रुपैयाँ प्रतिकेजी तथा हरियो धनिया १०० देखि १८० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ।
त्यसैगरी, सेलरी २५० देखि ३०० रुपैयाँ, पार्सले २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ, सौँफको साग ८० देखि १२० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ तथा गान्टे मूला ८० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ।
च्याउतर्फ कन्य च्याउ १८० देखि २२० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ तथा सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँ प्रतिकेजी रहेको छ। कुरीलो ५०० देखि ६०० रुपैयाँ तथा न्यूरो ९० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको छ।
चुकुन्दर ६० देखि ७० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ, रातो बन्दा ५० देखि ६० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ तथा तोफु १४० देखि १६० रुपैयाँ प्रतिकेजी रहेको छ। गुन्दुक ३०० देखि ३५० रुपैयाँ तथा रुख टमाटर १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ।
फलफूलतर्फ फूजी स्याउ ३५० देखि ४०० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ तथा मुस्ताङको स्याउ १३० देखि १६० रुपैयाँ प्रतिकेजी रहेको छ। नेपाली केरा प्रतिदर्जन १५० देखि २०० रुपैयाँ तथा मालभोग केरा १०० देखि १५० रुपैयाँ प्रतिदर्जन रहेको छ।
कागती ३५० देखि ४०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, मौसम १०० देखि १५० रुपैयाँ तथा जुनार १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ। भुइँकटहर प्रतिगोटा १५० देखि २०० रुपैयाँ तथा रुख कटहर ४० देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ।
निबुवा ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ, चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ, नेपाली मेवा ७० देखि ८० रुपैयाँ तथा भारतीय मेवा १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ।
त्यसैगरी, अम्बा १०० देखि १५० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, शरीफा २०० देखि २५० रुपैयाँ, आभोकाडो २५० देखि ३५० रुपैयाँ तथा अमला ८० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको छ।
नरिवलतर्फ काँचो नरिवल ६० देखि ८० रुपैयाँ तथा हरियो नरिवल १५० देखि १७० रुपैयाँ प्रतिकेजी रहेको छ। ड्रागन फ्रुट नेपाली ४०० देखि ५०० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।
अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ प्रतिकेजी रहेको छ। हरियो लाम्चो, बुलेट र माछे खुर्सानीको मूल्य समान रूपमा ६० देखि ७० रुपैयाँ प्रतिकेजी रहेको छ भने अकबरे खुर्सानी १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ। भेडे खुर्सानी ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।
हरियो लसुन २५० देखि ३०० रुपैयाँ, सुकेको चाइनिज लसुन २२० देखि २६० रुपैयाँ, सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँ तथा सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ।
माछातर्फ सुकेको माछा ८०० देखि १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३४० रुपैयाँ तथा छडी माछा ३२० देखि ३५० रुपैयाँ प्रतिकेजी रहेको छ।
