आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुन कृषि उपजको मूल्य कति ?

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म रहेको छ। त्यसैगरी गोलभेँडा ठूलो (भारतीय) पनि प्रतिकेजी १०० देखि १२० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ६० देखि ७० रुपैयाँ, गोलभेँडा सानो (टनेल) ७५ देखि ९५ रुपैयाँ तथा गोलभेँडा सानो (भारतीय) ७० देखि ८० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी आलु रातो (लाम्चो) प्रतिकेजी ५५ देखि ६० रुपैयाँ, रातो आलु (गोलो) ४८ देखि ५३ रुपैयाँ, आलु रातो (मुडे) ४८ देखि ५३ रुपैयाँ र आलु रातो (भारतीय) ४८ देखि ५३ रुपैयाँसम्म रहेको समितिले जनाएको छ। सुकेको भारतीय प्याज प्रतिकेजी ९३ देखि ९८ रुपैयाँसम्म रहेको छ।

गाजर (लोकल) प्रतिकेजी १२० देखि १४० रुपैयाँ र गाजर (तराई) ९० देखि १०० रुपैयाँसम्म रहेको छ। बन्दा (लोकल) ६० देखि ७० रुपैयाँ तथा स्थानीय काउली ९० देखि ११० रुपैयाँसम्म रहेको छ।

यसैगरी काक्रो (लोकल) प्रतिकेजी ३० देखि ५० रुपैयाँ, काक्रो (हाइब्रिड) १५ देखि २० रुपैयाँ र काक्रो (लोकलक्रस) ३० देखि ५० रुपैयाँसम्म रहेको छ। रातो मूला ४० देखि ५० रुपैयाँ र सेतो मूला (हाइब्रिड) ६० देखि ७० रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

भन्टा लाम्चो प्रतिकेजी ४० देखि ५० रुपैयाँ र भन्टा डल्लो ५० देखि ६० रुपैयाँसम्म रहेको छ। त्यसैगरी बोडी (तने) ४० देखि ६० रुपैयाँ र मकै बोडी ९० देखि १०० रुपैयाँसम्म रहेको छ।

घिउ सिमी (लोकल) र घिउ सिमी (हाइब्रिड) दुवैको मूल्य प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म रहेको छ। टाटे सिमी ७० देखि ८० रुपैयाँ तथा भटमासकोशा १८० देखि २०० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी तितो करेला प्रतिकेजी ७० देखि ८० रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ, परवर (लोकल) ७० देखि ८० रुपैयाँ र परवर (तराई) पनि ७० देखि ८० रुपैयाँसम्म रहेको छ। चिचिण्डो २० देखि ३० रुपैयाँ तथा घिरौला ३० देखि ५० रुपैयाँसम्म रहेको छ।

झिगूनी प्रतिकेजी ६० देखि ७० रुपैयाँ, फर्सी पाकेको ६० देखि ७० रुपैयाँ, फर्सी हरियो (लाम्चो) ८० देखि ९० रुपैयाँ र हरियो फर्सी (डल्लो) ५० देखि ६० रुपैयाँसम्म रहेको छ। भिण्डी प्रतिकेजी ५० देखि ६० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी सखरखण्ड प्रतिकेजी १०० देखि १२० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ र स्कूस १५ देखि २५ रुपैयाँसम्म रहेको छ।

सागपाततर्फ पालुङ्गो साग प्रतिकेजी १०० देखि १२० रुपैयाँ, तोरीको साग ८० देखि १०० रुपैयाँ, जिरीको साग १०० देखि १५० रुपैयाँ र सौफको साग १०० देखि १५० रुपैयाँसम्म रहेको छ। हरियो प्याज प्रतिकेजी २५० देखि ३०० रुपैयाँसम्म रहेको छ।

च्याउतर्फ कन्य च्याउ प्रतिकेजी २३० देखि २५० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँसम्म रहेको समितिले जनाएको छ।

यसैगरी कुरीलो प्रतिकेजी ५०० देखि ६०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली २०० देखि २५० रुपैयाँ र चुकुन्दर ६० देखि ७० रुपैयाँसम्म रहेको छ। सजिवन प्रतिकेजी २०० देखि २५० रुपैयाँ र रातो बन्दा ५० देखि ६० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी सेलरी प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ, पार्सले २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ र पुदीना ६०० देखि ७०० रुपैयाँसम्म रहेको छ। गान्टे मूला १०० देखि १५० रुपैयाँसम्म रहेको छ।

इमली प्रतिकेजी १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँसम्म रहेको छ। रुख टमाटर प्रतिकेजी १०० देखि १५० रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ र मुस्ताङको स्याउ १३० देखि १६० रुपैयाँसम्म रहेको छ।

नेपाली केरा प्रतिदर्जन १५० देखि २०० रुपैयाँ तथा मालभोग केरा प्रतिदर्जन १०० देखि १५० रुपैयाँसम्म रहेको छ। त्यसैगरी कागती प्रतिकेजी २०० देखि ३०० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ र हरियो तरबुजा ६० देखि ७० रुपैयाँसम्म रहेको छ।

यसैगरी मौसम प्रतिकेजी १०० देखि १५० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ, भुईँ कटहर प्रतिगोटा १५० देखि २०० रुपैयाँ तथा रुख कटहर प्रतिकेजी ४० देखि ५० रुपैयाँसम्म रहेको छ।

निबुवा प्रतिकेजी ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ र चाइनिज नासपाती २०० देखि २५० रुपैयाँसम्म रहेको छ। नेपाली मेवा ७० देखि ८० रुपैयाँ तथा भारतीय मेवा १०० देखि १२० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी अम्बा प्रतिकेजी २०० देखि २५० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, शरीफा २०० देखि २५० रुपैयाँ र आभोकाडो ३०० देखि ३५० रुपैयाँसम्म रहेको छ। अमला प्रतिकेजी ८० देखि १०० रुपैयाँसम्म रहेको छ।

काँचो नरिवल प्रतिकेजी ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँसम्म रहेको छ। त्यसैगरी नेपाली ड्रागन फ्रुट प्रतिकेजी ५०० देखि ६०० रुपैयाँसम्म रहेको समितिले जनाएको छ।

अदुवा प्रतिकेजी २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ र हरियो खुर्सानी (लाम्चो) १६० देखि १८० रुपैयाँसम्म रहेको छ। हरियो खुर्सानी (बुलेट) १६० देखि २०० रुपैयाँ, हरियो खुर्सानी (माछे) ८० देखि १०० रुपैयाँ र हरियो खुर्सानी (अकबरे) १०० देखि १५० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी भेडे खुर्सानी प्रतिकेजी ९० देखि १०० रुपैयाँ, हरियो धनिया १५० देखि २०० रुपैयाँ, सुकेको चाइनिज लसुन २२० देखि २६० रुपैयाँ र सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँसम्म रहेको छ।सुकेको छ्यापी प्रतिकेजी १८० देखि २०० रुपैयाँ तथा हरियो छ्यापी १५० देखि २०० रुपैयाँसम्म रहेको छ।

माछातर्फ सुकेको माछा प्रतिकेजी ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ। त्यसैगरी ताजा माछा (रहु) प्रतिकेजी ३४० देखि ३७० रुपैयाँ, ताजा माछा (बचुवा) ३०० देखि ३४० रुपैयाँ र ताजा माछा (छडी) ३२० देखि ३५० रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?