कालीमाटीमा आज तरकारीदेखि फलफूलसम्मको मूल्य सार्वजनिक, कुन कृषि उपजको मूल्य कति ?
काठमाडौँ, १६ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार आज गोलभेडा ठूलो नेपाली प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म, गोलभेडा ठूलो भारतीय ९० देखि १०० रुपैयाँसम्म, गोलभेडा सानो लोकल ६० देखि ७० रुपैयाँसम्म, गोलभेडा सानो टनेल ७० देखि ९५ रुपैयाँसम्म र गोलभेडा सानो भारतीय ७० देखि ८० रुपैयाँसम्म कारोबार भइरहेको छ।
रातो लाम्चो आलु प्रतिकिलो ५५ देखि ६० रुपैयाँ, रातो गोलो आलु ५० देखि ५५ रुपैयाँ, रातो मुडे आलु ५० देखि ५५ रुपैयाँ र भारतीय रातो आलु ५० देखि ५३ रुपैयाँसम्म रहेको छ। सुकेको भारतीय प्याज प्रतिकिलो ८८ देखि ९२ रुपैयाँसम्म छ।
लोकल गाजर प्रतिकिलो ११० देखि १३० रुपैयाँ र तराई गाजर ८० देखि ९० रुपैयाँसम्म रहेको समितिले जनाएको छ। लोकल बन्दा ५० देखि ६० रुपैयाँ, स्थानीय काउली १०० देखि १२० रुपैयाँ, लोकल काक्रो ६० देखि ७० रुपैयाँ, हाइब्रीड काक्रो २५ देखि ३५ रुपैयाँ र लोकलक्रस काक्रो ६० देखि ७० रुपैयाँसम्म रहेको छ।
यसैगरी, रातो मूला प्रतिकिलो ३० देखि ४० रुपैयाँ, सेतो हाइब्रीड मूला ५० देखि ६० रुपैयाँ, लाम्चो भन्टा ५० देखि ६० रुपैयाँ र डल्लो भन्टा ६० देखि ७० रुपैयाँसम्म रहेको छ।
मकै बोडी प्रतिकिलो १०० देखि १२० रुपैयाँ, लोकल घिउ सिमी १०० देखि १२० रुपैयाँ, हाइब्रीड घिउ सिमी पनि १०० देखि १२० रुपैयाँ, टाटे सिमी ९० देखि १०० रुपैयाँ र भटमासकोशा १२० देखि १४० रुपैयाँसम्म रहेको छ।
तितो करेला प्रतिकिलो ९० देखि ११० रुपैयाँ, लौका ९० देखि १०० रुपैयाँ, लोकल परवर ९० देखि १०० रुपैयाँ, तराई परवर पनि ९० देखि १०० रुपैयाँ, चिचिण्डो ४० देखि ५० रुपैयाँ, घिरौला ९० देखि १०० रुपैयाँ र झिगूनी ७० देखि ८० रुपैयाँसम्म रहेको छ।
पाकेको फर्सी प्रतिकिलो ६० देखि ७० रुपैयाँ, लाम्चो हरियो फर्सी ८० देखि ९० रुपैयाँ, डल्लो हरियो फर्सी ५० देखि ६० रुपैयाँ, भिण्डी ९० देखि १०० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ र पिंडालू ६० देखि ७० रुपैयाँसम्म रहेको छ। स्कूस भने प्रतिकिलो २० देखि ३० रुपैयाँमा कारोबार भइरहेको छ।
सागसब्जीतर्फ रायो साग प्रतिकिलो १५० देखि २०० रुपैयाँ, पालुङ्गो साग १५० देखि २०० रुपैयाँ, चमसूरको साग १५० देखि २०० रुपैयाँ, तोरीको साग १०० देखि १५० रुपैयाँ र हरियो प्याज २५० देखि ३०० रुपैयाँसम्म रहेको छ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २२० देखि २६० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
त्यसैगरी, कुरीलो प्रतिकिलो ७०० देखि ८०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली २५० देखि ३०० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ र रातो बन्दा ५० देखि ६० रुपैयाँसम्म रहेको छ।
जिरीको साग प्रतिकिलो १०० देखि १५० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ, सौफको साग १५० देखि २०० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ र गान्टे मूला १५० देखि २०० रुपैयाँसम्म रहेको छ।
इमली प्रतिकिलो १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ, गुन्द्रुक ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर १०० देखि १५० रुपैयाँसम्म रहेको समितिले जनाएको छ।
फलफूलतर्फ फूजी स्याउ प्रतिकिलो ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ र मुस्ताङको स्याउ १५० देखि २०० रुपैयाँसम्म रहेको छ। नेपाली केरा दर्जनको १५० देखि २०० रुपैयाँ र मालभोग केरा १०० देखि १५० रुपैयाँसम्म रहेको छ।
कागती प्रतिकिलो २०० देखि ३०० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ, भारतीय सुन्तला १५० देखि २०० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, मौसम १५० देखि २०० रुपैयाँ र जुनार १५० देखि २०० रुपैयाँसम्म रहेको छ। भुईँकटहर भने प्रतिगोटा १५० देखि २०० रुपैयाँसम्म रहेको छ।
निबुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ, चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ, नेपाली मेवा ५० देखि ६० रुपैयाँ र भारतीय मेवा ९० देखि १०० रुपैयाँसम्म रहेको छ।
अम्बा प्रतिकिलो १०० देखि १५० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, शरीफा १५० देखि २०० रुपैयाँ, आभोकाडो ३०० देखि ३५० रुपैयाँ र अमला ८० देखि १०० रुपैयाँसम्म रहेको छ।
काँचो नरिवल प्रतिकिलो ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि २०० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ५०० देखि ६०० रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
यसैगरी, अदुवा प्रतिकिलो १९० देखि २२० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी १०० देखि १२० रुपैयाँ, बुलेट हरियो खुर्सानी १०० देखि १२० रुपैयाँ, माछे खुर्सानी ९० देखि १०० रुपैयाँ र अकबरे खुर्सानी ८० देखि १५० रुपैयाँसम्म रहेको छ।
भेडे खुर्सानी प्रतिकिलो ९० देखि १०० रुपैयाँ, हरियो लसुन ३०० देखि ४०० रुपैयाँ, हरियो धनियाँ १०० देखि २०० रुपैयाँ, सुकेको चाइनिज लसुन २२० देखि २६० रुपैयाँ र सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँसम्म रहेको छ। सुकेको छ्यापी प्रतिकिलो १८० देखि २०० रुपैयाँ र हरियो छ्यापी १५० देखि २०० रुपैयाँसम्म रहेको छ।
माछातर्फ सुकेको माछा प्रतिकिलो ८०० देखि १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँसम्म रहेको समितिले जनाएको छ।
