कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुन कृषि उपजको मूल्य कति ?

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेडा ठूलो नेपाली प्रतिकेजी न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ भने गोलभेडा ठूलो भारतीय ७० देखि ८० रुपैयाँसम्म रहेको छ। त्यसैगरी गोलभेडा सानो लोकल ५० देखि ६० रुपैयाँ, गोलभेडा सानो टनेल ६७ देखि ९० रुपैयाँ र गोलभेडा सानो भारतीय ६५ देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ।

त्यसैगरी, रातो लाम्चो आलु प्रतिकेजी ५५ देखि ६० रुपैयाँ, रातो गोलो आलु ५० देखि ५५ रुपैयाँ, रातो मुडे आलु ५० देखि ५५ रुपैयाँ र भारतीय रातो आलु ५० देखि ५३ रुपैयाँसम्म रहेको समितिले जनाएको छ। सुकेको भारतीय प्याज प्रतिकेजी ८५ देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ।

गाजर लोकल प्रतिकेजी ११० देखि १३० रुपैयाँ तथा तराईको गाजर ८० देखि ९० रुपैयाँसम्म रहेको छ। लोकल बन्दा ४५ देखि ५५ रुपैयाँ र स्थानीय काउली १०० देखि १२० रुपैयाँसम्म रहेको छ। लोकल काक्रो ६० देखि ८० रुपैयाँ, हाइब्रीड काक्रो १५ देखि २५ रुपैयाँ र लोकलक्रस काक्रो ६० देखि ८० रुपैयाँसम्म रहेको छ।

रातो मूला प्रतिकेजी ३० देखि ४० रुपैयाँ र सेतो हाइब्रीड मूला ५० देखि ६० रुपैयाँसम्म रहेको छ। लाम्चो भन्टा ७० देखि ८० रुपैयाँ र डल्लो भन्टा ८० देखि ९० रुपैयाँसम्म रहेको छ।

बोडी तने प्रतिकेजी १२० देखि १५० रुपैयाँ, मकै बोडी १०० देखि १२० रुपैयाँ, लोकल घिउ सिमी १०० देखि १२० रुपैयाँ र हाइब्रीड घिउ सिमी पनि १०० देखि १२० रुपैयाँसम्म रहेको छ। टाटे सिमी ९० देखि १०० रुपैयाँ तथा भटमासकोशा १२० देखि १५० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी तितो करेला प्रतिकेजी १०० देखि १३० रुपैयाँ, लौका ९० देखि १०० रुपैयाँ, लोकल परवर ९० देखि १०० रुपैयाँ र तराईको परवर पनि ९० देखि १०० रुपैयाँसम्म रहेको छ। चिचिण्डो ४० देखि ५० रुपैयाँ, घिरौला ९० देखि १०० रुपैयाँ र झिगूनी ७० देखि ८० रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

पाकेको फर्सी प्रतिकेजी ६० देखि ७० रुपैयाँ, लाम्चो हरियो फर्सी ८० देखि ९० रुपैयाँ र डल्लो हरियो फर्सी ५० देखि ६० रुपैयाँसम्म रहेको छ। भिण्डी ९० देखि १०० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ र बरेला १५० देखि १८० रुपैयाँसम्म रहेको छ।

पिंडालू प्रतिकेजी ६० देखि ७० रुपैयाँ र स्कूस २० देखि ३० रुपैयाँसम्म रहेको छ। सागपाततर्फ रायो साग १५० देखि २०० रुपैयाँ, पालुंगो साग १५० देखि २०० रुपैयाँ, चमसूरको साग १५० देखि २०० रुपैयाँ र तोरीको साग १०० देखि १५० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी हरियो प्याज प्रतिकेजी २०० देखि २५० रुपैयाँसम्म रहेको छ। च्याउतर्फ कन्य च्याउ २३० देखि २६० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ।

कुरीलो प्रतिकेजी ७०० देखि ८०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ र ब्रोकाउली २५० देखि ३०० रुपैयाँसम्म रहेको छ। चुकुन्दर ६० देखि ७० रुपैयाँ र सजिवन २०० देखि २५० रुपैयाँसम्म रहेको छ। त्यसैगरी रातो बन्दा ५० देखि ६० रुपैयाँ र जिरीको साग १०० देखि १५० रुपैयाँसम्म रहेको छ।

यसैगरी सेलरी प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ, पार्सले २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ र सौफको साग १५० देखि २०० रुपैयाँसम्म रहेको छ। पुदीना ६०० देखि ७०० रुपैयाँ र गान्टे मूला १५० देखि २०० रुपैयाँसम्म रहेको समितिले जनाएको छ।

इमली प्रतिकेजी १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँसम्म रहेको छ। रुख टमाटर प्रतिकेजी १५० देखि २०० रुपैयाँसम्म रहेको छ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ र मुस्ताङको स्याउ १५० देखि २०० रुपैयाँसम्म रहेको छ। नेपाली केरा प्रतिदर्जन १५० देखि २०० रुपैयाँ तथा मालभोग केरा १०० देखि १५० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी कागती प्रतिकेजी २०० देखि ३०० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ र भारतीय सुन्तला १५० देखि २०० रुपैयाँसम्म रहेको छ। हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, मौसम १५० देखि २०० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ तथा भुईँ कटहर प्रतिगोटा १५० देखि २०० रुपैयाँसम्म रहेको छ।

निबुवा प्रतिकेजी ५० देखि ६० रुपैयाँ र लोकल नासपाती ९० देखि १०० रुपैयाँसम्म रहेको छ। चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ, नेपाली मेवा ५० देखि ६० रुपैयाँ तथा भारतीय मेवा ९० देखि १०० रुपैयाँसम्म रहेको छ।

अम्बा प्रतिकेजी १५० देखि २०० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, शरीफा १५० देखि २०० रुपैयाँ र आभोकाडो २५० देखि ३५० रुपैयाँसम्म रहेको छ। अमला ८० देखि १०० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि २०० रुपैयाँसम्म रहेको छ।नेपाली ड्रागन फ्रुट प्रतिकेजी ५०० देखि ६०० रुपैयाँसम्म रहेको छ।

त्यसैगरी अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी १०० देखि ११० रुपैयाँ र बुलेट हरियो खुर्सानी १०० देखि ११० रुपैयाँसम्म रहेको छ।

माछे हरियो खुर्सानी प्रतिकेजी ९० देखि १०० रुपैयाँ र अकबरे खुर्सानी ८० देखि १५० रुपैयाँसम्म रहेको छ। भेडे खुर्सानी ८० देखि १०० रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

हरियो लसुन प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ, हरियो धनिया १०० देखि २०० रुपैयाँ, सुकेको चाइनिज लसुन २२० देखि २६० रुपैयाँ र सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँसम्म रहेको छ। सुकेको छ्यापी १८० देखि २०० रुपैयाँसम्म रहेको छ।

माछातर्फ सुकेको माछा प्रतिकेजी ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ। ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँसम्म रहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments