कालीमाटीमा कृषि उपजको मूल्य सार्वजनिक, कुन तरकारीदेखि फलफूलसम्म कति ?

काठमाडौँ, १९ असोज ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेडा ठूलो नेपाली प्रतिकेजी न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, भारतीय गोलभेडा ठूलो ७० देखि ८० रुपैयाँसम्म तथा गोलभेडा सानो लोकल ४८ देखि ५५ रुपैयाँसम्म रहेको छ। यसैगरी गोलभेडा सानो टनेल ५५ देखि ७८ रुपैयाँ, भारतीय गोलभेडा सानो ५० देखि ६० रुपैयाँसम्म कारोबार भइरहेको छ।

आलु रातो लाम्चो प्रतिकेजी ५५ देखि ६० रुपैयाँ, रातो आलु गोलो ५० देखि ५५ रुपैयाँ, आलु रातो मुडे ५० देखि ५५ रुपैयाँ तथा भारतीय रातो आलु ५० देखि ५३ रुपैयाँसम्म रहेको समितिले जनाएको छ। सुकेको भारतीय प्याज ८५ देखि ९० रुपैयाँसम्म छ।

यसैगरी, लोकल गाजर प्रतिकेजी ११० देखि १३० रुपैयाँ र तराईको गाजर ८० देखि ९० रुपैयाँसम्म रहेको छ। लोकल बन्दा ४५ देखि ५५ रुपैयाँ तथा स्थानीय काउली ११० देखि १३० रुपैयाँसम्म छ।

लोकल काक्रो प्रतिकेजी ६० देखि ८० रुपैयाँ, हाइब्रीड काक्रो १५ देखि २५ रुपैयाँ तथा लोकलक्रस काक्रो ६० देखि ८० रुपैयाँसम्म रहेको छ। रातो मूला ३० देखि ४० रुपैयाँ र सेतो हाइब्रीड मूला ५० देखि ६० रुपैयाँसम्म छ।

त्यसैगरी लाम्चो भन्टा प्रतिकेजी ५० देखि ६० रुपैयाँ र डल्लो भन्टा ७० देखि ८० रुपैयाँसम्म रहेको छ। बोडी तने १२० देखि १५० रुपैयाँ तथा मकै बोडी १०० देखि १२० रुपैयाँसम्म छ।

लोकल घिउ सिमी प्रतिकेजी ९० देखि १०० रुपैयाँ, हाइब्रीड घिउ सिमी ९० देखि १०० रुपैयाँ तथा टाटे सिमी ९० देखि १०० रुपैयाँसम्म रहेको छ। भटमासकोशा ११० देखि १३० रुपैयाँसम्म कारोबार भइरहेको छ।

यसैगरी तितो करेला प्रतिकेजी १२० देखि १४० रुपैयाँ, लौका ९० देखि १०० रुपैयाँ, लोकल परवर ९० देखि १०० रुपैयाँ तथा तराई परवर पनि ९० देखि १०० रुपैयाँसम्म रहेको छ। चिचिण्डो ३० देखि ४० रुपैयाँ, घिरौला ९० देखि १०० रुपैयाँ तथा झिगूनी ७० देखि ८० रुपैयाँसम्म छ।

पाकेको फर्सी प्रतिकेजी ६० देखि ७० रुपैयाँ, लाम्चो हरियो फर्सी ८० देखि ९० रुपैयाँ तथा हरियो डल्लो फर्सी ५० देखि ६० रुपैयाँसम्म रहेको छ। भिण्डी ८० देखि ९० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, बरेला १०० देखि १३० रुपैयाँ तथा पिंडालू ६० देखि ७० रुपैयाँसम्म छ। स्कूस भने २० देखि ३० रुपैयाँसम्म रहेको छ।

रायो साग, पालुङ्गो साग र चमसूरको साग प्रतिकेजी १५० देखि २०० रुपैयाँसम्म रहेको छ। तोरीको साग ८० देखि १०० रुपैयाँ तथा हरियो प्याज २५० देखि ३०० रुपैयाँसम्म छ।

कन्य च्याउ प्रतिकेजी २४० देखि २८० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ तथा सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ। कुरीलो ७०० देखि ८०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ तथा ब्रोकाउली २५० देखि ३०० रुपैयाँसम्म छ।

चुकुन्दर प्रतिकेजी ६० देखि ७० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ, जिरीको साग १०० देखि १५० रुपैयाँ तथा सेलरी ४०० देखि ५०० रुपैयाँसम्म रहेको छ। पार्सले भने प्रतिकेजी २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँसम्म छ। यसैगरी सौफको साग १५० देखि २०० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ तथा गान्टे मूला १०० देखि १५० रुपैयाँसम्म रहेको छ।

इमली प्रतिकेजी १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ तथा गुन्दुक ३०० देखि ३५० रुपैयाँसम्म रहेको समितिले जनाएको छ।

फलफूलमा, फूजी स्याउ प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ तथा मुस्ताङको स्याउ २०० देखि २५० रुपैयाँसम्म रहेको छ।

नेपाली केरा दर्जनको १५० देखि २०० रुपैयाँ तथा मालभोग केरा १०० देखि १५० रुपैयाँसम्म छ। कागती प्रतिकेजी २०० देखि ३०० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ तथा भारतीय सुन्तला १५० देखि २०० रुपैयाँसम्म रहेको छ।

हरियो तरबुजा प्रतिकेजी ६० देखि ७० रुपैयाँ, मौसम १५० देखि २०० रुपैयाँ तथा जुनार १५० देखि २०० रुपैयाँसम्म रहेको छ। भुईँ कटहर प्रतिगोटा १५० देखि २०० रुपैयाँसम्म छ।

निबुवा प्रतिकेजी ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ तथा चाइनिज नासपाती २०० देखि २५० रुपैयाँसम्म रहेको छ। नेपाली मेवा ५० देखि ६० रुपैयाँ र भारतीय मेवा ९० देखि १०० रुपैयाँसम्म छ।

यसैगरी अम्बा प्रतिकेजी १५० देखि २०० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, शरीफा १५० देखि २०० रुपैयाँ तथा आभोकाडो २५० देखि ३०० रुपैयाँसम्म रहेको छ। अमला ८० देखि १०० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ तथा हरियो नरिवल १५० देखि २०० रुपैयाँसम्म छ। नेपाली ड्रागन फ्रुट प्रतिकेजी ५०० देखि ६०० रुपैयाँसम्म रहेको छ।

यसैगरी, अदुवा प्रतिकेजी २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ तथा लाम्चो हरियो खुर्सानी ११० देखि १३० रुपैयाँसम्म रहेको छ।

हरियो बुलेट खुर्सानी ११० देखि १३० रुपैयाँ, माछे खुर्सानी ९० देखि १०० रुपैयाँ तथा अकबरे खुर्सानी ८० देखि १३० रुपैयाँसम्म रहेको छ। भेडे खुर्सानी ९० देखि १०० रुपैयाँसम्म छ।

हरियो लसुन प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ, हरियो धनियाँ १५० देखि ३०० रुपैयाँ तथा सुकेको चाइनिज लसुन २२० देखि २६० रुपैयाँसम्म रहेको छ। सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँ, सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ तथा हरियो छ्यापी १५० देखि २०० रुपैयाँसम्म रहेको समितिले जनाएको छ।

सुकेको माछा प्रतिकेजी ८०० देखि १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, ताजा बचुवा माछा ३०० देखि ३४० रुपैयाँ तथा ताजा छडी माछा ३२० देखि ३५० रुपैयाँसम्म रहेको छ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?