कालीमाटीमा आज कुन तरकारी कति ? माछा र फलफूलसहित हेर्नुहोस् पूरा मूल्यसूची

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार कालीमाटी बजारमा नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकेजी न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ तथा भारतीय ठूलो गोलभेँडाको ७० देखि ८० रुपैयाँ रहेको छ। सानो लोकल गोलभेँडा ३० देखि ४० रुपैयाँ, टनेलको सानो गोलभेँडा ३५ देखि ५० रुपैयाँ र भारतीय सानो गोलभेँडा ३० देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, रातो लाम्चो आलु ५५ देखि ६० रुपैयाँ, रातो गोलो आलु ५० देखि ५५ रुपैयाँ, रातो मुडे आलु ५० देखि ५५ रुपैयाँ तथा भारतीय रातो आलु ३० देखि ३५ रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ। सुकेको भारतीय प्याजको मूल्य भने ८१ देखि ८५ रुपैयाँ प्रतिकेजी छ।

गाजरतर्फ लोकल गाजर १०० देखि १२० रुपैयाँ र तराईको गाजर ८० देखि ९० रुपैयाँ प्रतिकेजी रहेको छ। लोकल बन्दा ४५ देखि ५५ रुपैयाँ, स्थानीय काउली ९० देखि ११० रुपैयाँ, लोकल काक्रो ४० देखि ६० रुपैयाँ, हाइब्रिड काक्रो १५ देखि २५ रुपैयाँ र लोकलक्रस काक्रो ४० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।

त्यस्तै, रातो मूला ३० देखि ४० रुपैयाँ र सेतो हाइब्रिड मूला ४० देखि ५० रुपैयाँ प्रतिकेजी छ। लाम्चो भन्टा ५० देखि ६० रुपैयाँ तथा डल्लो भन्टा ६० देखि ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।

तने बोडीको मूल्य १२० देखि १४० रुपैयाँ, मकै बोडी १०० देखि १२० रुपैयाँ, लोकल घिउ सिमी ९० देखि १०० रुपैयाँ, हाइब्रिड घिउ सिमी ९० देखि १०० रुपैयाँ, टाटे सिमी १०० देखि १२० रुपैयाँ तथा भटमासकोशा १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ।

त्यसैगरी, तितो करेला १२० देखि १३० रुपैयाँ, लौका ९० देखि १०० रुपैयाँ, लोकल परवर ८० देखि ९० रुपैयाँ, तराई परवर ८० देखि ९० रुपैयाँ, चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला ९० देखि १०० रुपैयाँ र झिगूनी ७० देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ।

पाकेको फर्सी ६० देखि ७० रुपैयाँ, लाम्चो हरियो फर्सी ८० देखि ९० रुपैयाँ, डल्लो हरियो फर्सी ४० देखि ५० रुपैयाँ, भिण्डी ९० देखि १०० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिँडालु ६० देखि ७० रुपैयाँ तथा स्कुस २० देखि ३० रुपैयाँ प्रतिकेजी रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

सागसब्जीतर्फ रायो साग, पालुङ्गो साग र चमसुरको सागको मूल्य समान १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ। तोरीको साग ५० देखि १०० रुपैयाँ, हरियो प्याज २५० देखि ३०० रुपैयाँ प्रतिकेजी रहेको छ।

च्याउतर्फ कन्य च्याउ २०० देखि २५० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ तथा सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँ प्रतिकेजी रहेको छ। कुरीलो ७०० देखि ८०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली २५० देखि ३०० रुपैयाँ, चुकुन्दर ७० देखि ८० रुपैयाँ तथा रातो बन्दा ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।

जिरीको साग १०० देखि १५० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ, सौँफको साग १५० देखि २०० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ तथा गान्टे मूला १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ।

इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ, गुन्द्रुक ३०० देखि ३५० रुपैयाँ तथा रुख टमाटर १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ।

फलफूलतर्फ फुजी स्याउ ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ तथा मुस्ताङको स्याउ २०० देखि २५० रुपैयाँ प्रतिकेजी रहेको छ। नेपाली केराको मूल्य प्रतिदर्जन १५० देखि २०० रुपैयाँ तथा मालभोग केराको १०० देखि १५० रुपैयाँ रहेको छ।

कागती २०० देखि ३०० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ, भारतीय सुन्तला १५० देखि २०० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, मौसम १५० देखि २०० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा १५० देखि २०० रुपैयाँ रहेको छ।

निबुवा ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ, चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ, नेपाली मेवा ५० देखि ६० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, अम्बा १५० देखि २०० रुपैयाँ, लप्सी ६० देखि ७० रुपैयाँ तथा किवी ३५० देखि ४०० रुपैयाँ प्रतिकेजी रहेको छ।

शरीफा १५० देखि २०० रुपैयाँ, आभोकाडो २५० देखि ३०० रुपैयाँ, अमला ७० देखि ८० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि २०० रुपैयाँ तथा नेपाली ड्रागन फ्रुट ५०० देखि ६०० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ।

त्यसैगरी, अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी १५० देखि १६० रुपैयाँ, बुलेट हरियो खुर्सानी १५० देखि १६० रुपैयाँ, माछे खुर्सानी १२० देखि १३० रुपैयाँ, अकबरे खुर्सानी ८० देखि १०० रुपैयाँ तथा भेडे खुर्सानी १२० देखि १३० रुपैयाँ प्रतिकेजी रहेको छ।

हरियो लसुन ३०० देखि ३५० रुपैयाँ, हरियो धनियाँ २०० देखि ३०० रुपैयाँ, सुकेको चाइनिज लसुन २२० देखि २६० रुपैयाँ, सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँ, सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ तथा हरियो छ्यापी १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ।

माछातर्फ सुकेको माछाको मूल्य ८०० देखि १ हजार रुपैयाँ प्रतिकेजी रहेको छ। ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३४० रुपैयाँ तथा छडी माछा ३२० देखि ३५० रुपैयाँ प्रतिकेजी रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?