असिना पानीले धानबालीमा क्षति

भोजपुर, २६ कात्तिकः जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् ।

जिल्लाका विभिन्न स्थानमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको छ । भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाले असिना पानीले धानमा क्षति पुगेको बताउनुभयो ।“हिजो एक्कासि असिना पानी प¥यो,” उहाँले भन्नुभयो, “पुनः दोहोरिने चिन्ता हामीमा बढेको छ । यही असिना पानी आएमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ ।” उहाँका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् ।

धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ । असिना पानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर सुकाइएको धानमासमेत क्षति पुग्ने जोखिम रहेको किसानको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments