असिनाले भएको क्षति विवरण पेश गर्न किसानलाई आव्हान

धनकुटा : बैसाख २ गते परेको असिनाको क्षतिको विवरण पेश गर्न छथर जोरपाटी गाउँपालिकाले किसानहरूलाई सूचना जारी गरिएको छ। पालिकाको कृषि शाखाले ५ दिनको समय सीमा राखेर सोमबार भित्रमा क्षतिको फोटो सहितको विवरण बुझाउन सबै वडामा सूचित गरिएको शाखाका प्रमुख मिलन कार्कीले जानकारी दिए।

असिनाले बाली नष्ट गरे सँगै पालिकाका उपाध्यक्ष भीमकला क्षेष्ठको नेतृत्वमा क्षतीको विवरण संकलन गर्ने काम भईरहेको छ। हाल सम्म वडा नं.६ मजुवा,नाम्जाङ २ सल्ले, १ हात्तिखकको पिङडाँडा,फलाँटे क्षेत्रमा गरिएको सर्भेक्षण गरिएको छ।

प्रारम्भिक सर्भेक्षण अनुसार हाल सम्म १५ करोड बरावरको तरकारी बालीको क्षति भएको विवरण प्राप्त भएको पालिका कृषि तथा भेटेनरी शाखाले जानकारी दिएको छ। संकलन भएका विवरणहरू पालिकाको आर्थिक समितिमा पेश गरिने भेटनरी शाखाका प्रमुख राजकुमार राईले जानकारी दिए।

बाह्रै महिना तरकारी खेतीले हराबरा देखिने धनकुटाको तरकारी जोन सिंधुवा क्षेत्र बैसाख २ गते परेको असिना पानीका कारण मरुभूमि जस्तै दृखिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तेह्रथुम तथा जोन ईकाई धनकुटा अन्तर्गत सिुधवा क्षेत्रको १ हजार २ सय १० हेक्टरमा लगाईएको सबै तरकारी बाली नष्ट भएको छ।

ईकाइका प्राविधिक सहायक भर्मराज कटुवालका अनुसार छथर जोरपाटी वडा ६,५ र २, महालक्ष्मी नगरपालिका ८,९ र १ मा लगाईएको सबै तरकारीबाली नष्ट भएका छन्। बेलुकीपख करिव ४५ मिनेट भन्दा बढी परेको असिना पानीले छथर जोरपाटी गाउँपालिकाको सिंधुवा जोन क्षेत्रमा लगाईएको काउली,बन्दा,आलु,मटरकोसा,साग,नर्सरी र टनेलहरु नष्ट गरेका छन्।

छथर जोरपाटी गाउँपालिका वडा नं।६ को मजुवा गाउँमा मात्र करिव ३० करोड बरावरको क्षति भएको जिल्ला सहकारी संघ धनकुटाका कोषाध्यक्ष समेत रहेका स्थानिय अगुवा कृषक युवराज थापाले जानकारी दिए। उक्त गाउँमा करिव ३ सय घरले तरकारी लगाएका थिए।
नागरिक दैनिकमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?