कृषि क्षेत्रमा बजेट कम भएको गुनासो

सहुलियतपूर्ण कर्जामा युवाको बढ्दो आकर्षण

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि तोकेको बजेट सिलिङ्गलाई लिएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संसदीय समिति सामु असन्तुष्टी पोखेको छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा मन्त्रालयका सचिवद्वय डा. योगेन्द्रकुमार कार्की र डा. पेमनारायण कँडेलले आगामी आर्थिक वर्षको बजेट सिलिङ्गलाई लिएर असन्तुष्टी व्यक्त गरेका हुन् । बैठकमा कृषि विकास सचिव डा. कार्कीले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रलाई छुट्याइएको बजेट सन्तोषजनक नरहको बताए । उनले आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले ३२ अर्ब रुपैयाँ मात्रै छुट्याएको बताए । जुन रकम चालु आर्थिक वर्षको तुलनामा करिब १५ प्रतिशत कम हो ।

सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा कुल ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । कृषि विकास सचिव डा. कार्कीले बजेट कम छुट्याइएको भएपनि तोकिएको सिलिङको आधारमा कार्यक्रम तयार भइरहेको बताए । उनले बजेटको सिलिङ कम भएकाले कार्यदल नै बनाएर उत्पादन नदिने कार्यक्रम आँखा चिम्लेर काटिदिन निर्देशन दिएको पनि बताए ।

बैठकमा पशुपन्छी विकास सचिव डा. कँडेलले सम्भावनाका साथै रोजगारीसमेत उल्लेख्य रुपमा भएको कृषि क्षेत्रमा राज्यको प्राथमिक्ता नदेखिएको बताए । उनले कृषि क्षेत्रमा राज्य प्राथमिकता नदेखिएको भन्ने बजेटको आकारले नै देखाएको भन्दै यस क्षेत्रमा प्राथमिकता दिएर अगाडी बढ्न आवश्यक रहेको बताए ।

बैठकमा समितिका सदस्यहरुले माछा मासुमा नेपाल आत्मनिर्भर रहेको भन्दै सरकारले घोषणा गर्दै हिँडे पनि छिमेकी मुलुक भारतबाट खुल्ला रुपमा आयात भइरहेको बताएका छन् । यस्तै, सांसदहरुले वर्षेनी मुलुकभित्र मलको अभाव हुँदा किसानलाई सधैँ समस्या हुने गरेको भएपनि सरकारले चासो नदेखाएको आरोप समेत लगाएका छन् । कारोबार दैनिकमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?