गर्मीले धमाधम माछा मर्न थालेपछि किसान चिन्तित

सर्लाही । सर्लाहीमा अहिले माछा मर्न थालेपछि किसान मारमा परेका छन ।

व्यवसायिक रुपमा माछा पालन हुने गरेको सर्लाहीमा तापक्रम बढेसंगै माछा मर्न थालेका हो ।

यसरी माछा मर्दा किसान चिन्तीत भएका छन । सर्लाहीको इश्वरपुर, हरिपुर बगमती नगरपालिका, चन्द्रनगर, ब्रहमपुरि गाँउपालिका लगायतको क्षेत्रमा व्यवसायिक रुपमै माछा पालन हुने गरेको छ ।

यसरी माछा मर्नुमा लामो समयसम्म पोखरीमा पानी परिवर्तन नहुनु, पानी स्थिर भैरहनु, माछालाई उपयुक्त तापक्रम १५ देखि २० डिग्री सेल्सियस हुनुपर्ने भएपनि पछिल्लो समय गर्मी बढेर ३५ डिग्री भन्दा माथि तापक्रमा पुग्दा माछा मरेको हुन सक्ने पशु सेवा कार्यालय इश्वरपुरका प्राविधिक प्रदिप कार्की बताउनु हुन्छ ।

माछा उतपादन बढाउन समय समयमा पोखरिको पानी परिवतन गर्न तथा पानीलाई चलएमान बनाइ राख्नपर्ने कार्कीको भनाइ छ ।

इश्वरपुर नगरपालिका क्षेत्रमा मात्र करिव २०० हेक्टरमा माछा खेति हुने गरेको छ ।

जसबाट किसानले करिव प्रती हेक्टर ४ देखि ५ लाख सम्म आम्दानी लिइरहेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?