सीमावर्ती क्षेत्रमा प्राङ्गारिक खेती फस्टाउँदै

रसुवा: टिमुरे क्षेत्रका किसानले प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी लिन थालेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे खैदी क्षेत्रमा तीन वर्षदेखि तरकारी खेती,च्याङग्रा र चौरीगाई पालन शुरुआत गरिएको थियो ।

स्थानीयवासी कामीनुर्पु तामाङले स्वदेशमा नै प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी हुन थालेको जानकारी दिए। भिरालो ठाउँको बाँझो जमिनलाई तरकारी खेती तथा पशुपालनमा सदुपयोग गर्दै आएको उनले बताए ।

रसुवागढी प्राङ्गारिक कृषि तथा पशुपालन अनुसन्धान केन्द्रको नाममा दर्ता गरिएको निजी कृषिफर्मले वार्षिक रु ८० लाखसम्म आय गर्न थालेको जनाइएको छ। कृषि फर्ममा हाल स्थानीय कुखुरा , लौकाट , च्याङग्राको बोका र स्थानीय बोका ,चौरीगाई , याक र स्थानीय जातका गाई रहेका छन् ।

कृषि उपज तर्फ ब्रोकाउली , बन्दा , काउली , मुला , रायो , आलु ,करू , र चाइनिजले उपभोग गर्ने आठ प्रकारका सागसब्जि रहेका छन् ।व्यापारिक नाका क्षेत्रमा भएकाले उत्पादित कृषि उपज स्थानीय स्तरमै खपत हुने उनले जानकारी दिए। उनका अनुसार सो फर्ममा वार्षिक ७० हजार केजी आलु एवं ५० हजार केजी भन्दा बढी करू समेत उत्पादन हुनथालेको छ ।

गतवर्ष मात्र सो कृषिफर्मले आलु र चीजबाट मात्र रु २५ लाख आय गरेको बताइएको छ। उनले भने, “स्वदेशमा केही गर्न सकिन्छ। म युवालाई कृषिमा लाग्न आह्वान गर्दछ। ” शिक्षण पेशा छाडेर कृषिमा लागेका उनि सरकारले कृषि पेशा लाग्नेलाई सहुलियत दरमा ऋण उपलब्ध गराइदिन सुझाव दिने गर्छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?