रु ३० करोड लगानीमा चिया उद्योग

tea chiyya

झापा: व्यापारिक घराना हेरिटेज ग्रुपले चियाको निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका–१० मा उद्योग स्थापना गरेको छ ।

यसअघि कार्पेट र म्याटे सलगायत विभिन्न वस्तुका उत्पादनमा ख्याति आर्जन गर्दै आएको सो ग्रुपले रु ३० करोड लगानीमा ‘हेरिटेज टी उद्योग’ सञ्चालन गरेको हो। गत सातादेखि उद्योग सञ्चालनमा ल्याएको ग्रुपले मेचीनगर–१५ मा १५० बिघा क्षेत्रफलमा चिया बगान पहिल्यैदेखि सञ्चालन गर्दै आएको छ ।

ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत हुन्। प्रदेश नं १ को सबैभन्दा ठूलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंकको पूर्वअध्यक्ष र झापाको चिया उत्पादक र साना किसानबीचको विवाद समाधानमा योगदान पुर्याएका उनले चिया उद्योगमा बढाएको लगानी उत्साहप्रद मानिएको छ ।

उहाँले पहिलो वर्ष सिटीसी चिया र अर्को वर्षदेखि अर्थोडक्स चियासमेत उत्पादन गरेर विदेश निर्यात गरिने जानकारी दिए। भारत, रुस र अरब मुलुकहरुमा निर्यात गर्ने तयारी रहेको बताइएको छ। वार्षिक १० लाख केजी तयारी चिया उत्पादन गर्ने उक्त उद्योगको क्षमता रहेको छ। उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले रोजगारी पाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments