किसान चिन्तित : मकैको घोगामा लागेन दाना

popcorn

जाजरकोट: मकैको घोगामा दाना नलागेपछि भेरी नगरपालिका–२ का किसान मर्कामा परेका छन्। भेरी नगरपालिका–२ को बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानीलगायत क्षेत्रमा लगाइएको मकैमा दाना लागेको छैन ।

दाना नलाग्दा रु २० लाखभन्दा बढी नोक्सान भएको किसानको गुनासो छ। “बोटमा रहरलाग्दो मकैको घोगा भयो तर, घोगामा एउटा पनि दाना लागेन”, किसानहरु भन्छन् “मकै भित्र्याउने बेला हुन लाग्दा समेत दाना नभएपछि बोट फाँडेर गाईबस्तुलाई खुवाउनुको विकल्प देखिएन।” कृषि विकास कार्यालयको अनुदानमा लगाएको मकैबालीमा घोगा नलागेको किसानको भनाइ छ ।

करिब रु २० लाख बराबरको अनुदान सहयोग लिएका बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानी क्षेत्रका सहकारी र कृषक समूहले लगाएको मकैमा घोेगा नलाग्दा मकैको बोट फाँडेर गाईबस्तुलाई खुवाएको किसान विर्खबहादुर कार्कीले बताए ।

मकैको ब्लक क्षेत्रमा वितरण गरिएको रु २० लाख बराबरको अनुदान रकममध्ये समूहलाई रु तीन लाख ५० हजार, व्यक्तिगत फारमलाई रु ५० हजार र सहकारीलाई रु ६ लाखका दरले वितरण गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सो अनुदान रकममा किसान समूह र सहकारीले समेत ५० प्रतिशत आफ्नो तर्फबाट जम्मा गरेका थिए। मकैको मूल बीउ दैलेखबाट ल्याएको र उन्नत बीउ रेडपाण्डा सहकारी संस्था भेरी –२ तिलिङगेबाट ल्याएको कार्कीले बताए। मूल बीउ एक सय र उन्नत बीउ ५२० किलोग्राम खरिद गरेर ८५ जना किसानलाई सानो चौतारी सहकारी संस्थाले वितरण गरिएको उनले बताए ।

अनुदान रकम पाएर उन्नत बीउ र मूल बीउको नाममा लगाएका अधिकांश ठाउँमा दाना नलाग्ने समस्या आएको बताइएको छ। बीउ दैलेख नार्कले उत्पादन गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले बताए। घोगामा दाना नलागेपछि किसानहरुले मकैको बोट फाँडेर गाईबस्तुलाई खुवाउन थालेको र त्यसपछि सो खेतलाई जोतेर अर्को बाली लगाउने तयारी गरेको स्थानीयवासी बताउँछन् ।

कृषि प्राविधिकको परामर्श अनुसार भिटामिन, मल, कीटनाशक औषधीको प्रयोग गर्नुका साथै आवश्यक सिञ्चाइको समेत प्रबन्ध गरिएको किसानहरु बताउँछन्। मकैमा दाना नलागेको गुनासो आएको जिल्ला कृषि कार्यालयले जनाएको छ। दाना नलाग्नुका खास कारण के हो अनुसन्धान नगरी भन्न नसकिने सूूचना अधिकारी विकले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?