आजदेखि मनसुन सक्रिय: देशका विभिन्न भु-भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षा

काठमाडौँ: मनसुनी न्यून चापीय रेखा नेपालतर्फ सरेको कारण आजबाट मौसम थप सक्रिय हुदैछ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम पूर्ण बदली भई अधिकांश स्थानमा पानी पर्दैछ। अहिले प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कर्णाली प्रदेशबाहेक सवै स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ। गण्डकी, बागमती, लुम्बिनी र प्रदेश नम्बर एकका केहि स्थानमा भारी तथा अति भारी वर्षा हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

गएराति सुदुरपश्चिम र प्रदेश नम्बर एकका अधिकांश स्थानमा पानी परेको थियो। सुदूरपश्चिमका केहि स्थानमा भारी र अति भारी वर्षा पनि भएको थियो ।

गएराति कैलालीमा १४० मिलीमिटर वर्षा मापन भएको उनले जानकारी दिए । झापा,इलाम लगायत प्रदेश एकका धेरै जसो स्थानमा पनि भारी बर्षा समेत भएको थियो। काठमाडौँ उपत्यकामा ६ मिलीमिटर बर्षा मापन भएको छ ।

उपत्यकामा आज बेलुकी पख भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ। न्युन चापीय प्रभावको कारण अबको कम्तिमा तीन दिन देशभरको मौसम पूर्ण बदली भई अधिकांश स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ। केहि स्थानमा भारी र अति भारी वर्षा समेत हुने भएकाले बाढी पहिरोको जोखिमयुक्त क्षेत्रमा सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?