अर्घाखाँचीमा बैकुण्ठपुरी सङ्ग्रहालय स्थापना

धान कुट्ने ढिकी

अर्घाखाँची: ज्येष्ठ नागरिक जिल्ला सङ्घ अर्घाखाँचीले पत्रकार निमबहादुर रिजालको अग्रसरतामा सन्धिखर्क नगरपालिका–४ वांगलामा बैकुण्ठपुरी सङ्ग्रहालय स्थापना गरेको छ ।

सङ्ग्रहालयमा पुराना सामग्री राखिएको छ । सङ्ग्रहालयमा पुग्दा पुराना पुस्ताले प्रयोग गरेका सामग्री देख्न सकिने सङ्ग्रहालयका अध्यक्ष रिजालले बताए । कपडा राख्ने काठको मदुस, घ्यु राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी र दही जमाउने काठको आरी राखिएको छ ।

उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने जाँतो, हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पललगायतका वस्तु सङ्ग्रहालयको मुख्य आकर्षणका रुपमा रहेको बैकुण्ठपुरी सङ्ग्रहालयका व्यवस्थापक उमा रिजालले बताए ।

पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैटो, भजनमा बजाउने खैजेडु, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेपरेकर्डर, भोटे ताल्चा, दाउ र बाँसको कागियोलगायतका थुप्रै वस्तु सङ्ग्रहालयमा राखिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?